बुधबार, १९ चैत्र, २०८१

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ;भोलि रिहा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ फाल्गुन, २०७९

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ;भोलि रिहा हुने

बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने स्रोतले जनाएको छ ।

न्यायाधीश श्रीधरा कुमारी र पुडासैनी डिल्लीराज आचार्यको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

जिल्ला अदालत तनहुँले भने उनलाई सफाइ दिएको थियो ।

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif