सोमबार, ११ कार्तिक, २०८२

फिल्म निर्देशक प्रताप सुब्बाको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २ चैत्र, २०७९

फिल्म निर्देशक प्रताप सुब्बाको निधन

काठमाडौँ । नेपाली फिल्म निर्देशक प्रताप सुब्बाको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा भारतमा निधन भएको नृत्य निर्देशक कमल राईले बताए । 

नेपाली मुलमा भारतीय निर्देशक समेत रहेका सुब्‍बाले बाँच्न चाहनेहरु, मसाल, कहीँ अँध्यारो कहीँ उज्यालो, दिदी, चट्याङ, भीष्म प्रतिज्ञा लगायतका फिल्म निर्देशन गरेका सुब्बाले बिसं २०३५ मा ‘परालको आगो’बाट निर्देशन सुरू गरेका थिए ।डायमण्ड एक्टिङ इन्स्टिच्युट, सिने युनिभर्स खोलेर थुप्रै प्राविधिक समेत जन्माएका  सुब्‍बा टेलिफिल्म समेत निर्देशन गरेका उनी फिल्म ‘चट्याङ’का पट्कथा लेखक पनि हुन् ।

सुब्बाको निधन प्रति कलाकर्मीले सामाजिक संजाल मार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

 

advertisement_1680627680.gif