राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २८ जेष्ठ, २०८२
२७ जेठ २०८२, काठमाडौं । लोकप्रिय गायिका रचना रिमाल आकस्मिक रूपमा बिरामी परेकी छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा रुकुम पश्चिम पुगेकी रिमाललाई अचानक स्वास्थ्यमा सम'स्या देखिएपछि मंगलबार बिहान काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
स्रोतका अनुसार पेट दुख्ने गुनासो गरेपछि उनको अवस्था ग'म्भीर हुँदै गएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई रुकुम पश्चिमबाट सुर्खेत हुँदै नेपालगञ्ज लगिएको थियो । त्यहाँबाट मंगलबार बिहानै उनलाई काठमाडौं ल्याइएको हो ।
रिमाल सोमबार मात्रै रुकुम पुगेकी थिइन् । उनले रुकुम पश्चिमको सानिभेरी गाउँपालिका, बेलटापुमा सञ्चालन भइरहेको एक सांगीतिक महोत्सवमा मंगलबार प्रस्तुति दिने तयारी गरिरहेकी थिइन् । तर बिहानै अचानक बिरामी भएपछि कार्यक्रम रद्द गरिएको थियो ।