सोमबार, ११ कार्तिक, २०८२

लुना लुइँटेलले जितिन् 'मिस नेपाल २०२५' उपाधि

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १४ भाद्र, २०८२

लुना लुइँटेलले जितिन् 'मिस नेपाल २०२५' उपाधि

२०८२ भदौ १४, काठमाडौँ । मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन् ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१ औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै लुइँटेलले  'मिस नेपाल वर्ल्ड' को उपाधि जितेकी हुन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् ।

यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले जितेकी छन् । मिस नेपाल अर्थ भने सोनी घले भएकी छन् । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् । यस्तै, मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितेकी छिन् । यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बन्‍न सफल भएकी छिन् ।

advertisement_1680627680.gif