सोमबार, ११ कार्तिक, २०८२

‘मिस नेवाः नेपाल’ को उपाधि सकिना मर्हजनलाई

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, ५ भाद्र, २०८०

‘मिस नेवाः नेपाल’ को उपाधि सकिना मर्हजनलाई

काठमाडौं । नेप्लिज फेसन होमको आयोजनामा भएको नेवार समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को उपाधि सकिना महर्जनले जितेकी छिन् ।कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् ।

१७ युवतीले अन्तिम स्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फ्रष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा मर्हजनले जितेका छन् ।

मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्।

advertisement_1676551694.gif