सोमबार, ११ कार्तिक, २०८२

नेपाल आइडल सिजन-६ को विजेता बनिन गंगा सोनाम

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ भाद्र, २०८२

नेपाल आइडल सिजन-६ को विजेता बनिन गंगा सोनाम

२०८२ भदौ १६, काठमाडौं । नेपाल आइडल सिजन-६ को विजेता गंगा सोनाम बन्न सफल भएकी छन् । आइतबार भएको ग्रान्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै गंगाले नेपाल आइडलको विजेता बन्न सफल भएकी हुन् ।

उनले पुरस्कार स्वरूप उपाधि, ट्रफी सहित नगद २५ लाख रूपैयाँ प्राप्त गरेकी छन्। त्यस्तै भारतकी बबिता थापामगर फस्र्ट रनरअप र चितवनकी दर्शना गान्धारी सेकेन्ड रनरअप भएकी छन् ।

उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँ सहित विभिन्न उपहार हात पारेका छन् ।

अघिल्लो वर्ष नेपाल आइडलमा करण परियारले उपाधि हात पारेका थिए ।

advertisement_1760855394.gif