सोमबार, ११ कार्तिक, २०८२

नेपालबाट चलचित्र ऐना झ्यालको पुतलीओस्कारका लागिसिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २९ माघ, २०७९

नेपालबाट चलचित्र ऐना झ्यालको पुतलीओस्कारका लागिसिफारिस

नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सुजित बिडारी निर्देशितचलचित्रऐना झ्यालको पुतलीे अमेरिकामाअर्को वर्ष हुने ओस्कार अवार्डको ९५औं सँस्करणका लागिसिफारिस गरेको छ ।

समितिलाई प्राप्तफिल्ममध्येबाट समितिले ऐना झ्यालको पुतलीलाई ओस्कार अवार्डको लागि छनोट गरेको हो । यसअघि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ओस्कारको प्रतिस्पर्धामा सामेल हुन इच्छुक फिल्मकर्मीलाई २०७९ भदौ ३० गतेभित्रफिल्मबुझाउनआग्रह गरेको थियो । जसमादिनेश राउतनिर्देशितप्रकाश सुवर्ण थापानिर्देशित राधा र सुजित बिडारी निर्देशितऐना झ्यालको पुतलीले सहभागिताकालागिआवेदनदिएकाथिए ।
छनौटका लागिप्राप्ततीनफिल्ममध्ये सिनेमाको प्राविधिकपक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मकविश्लेषण तथा प्रस्तुतिको कलात्मकताआदिपक्षलाई ख्याल गरीऐना झ्यालको पुतलीलाई सिफारिस गर्ने निर्णय गरेको हो । ओस्कार अवार्ड आगामीमार्च १२ का दिनआइतबार लस एञ्जल्सको डल्बी थिएटरमाआयोजनाहुँदैछ । नेपालमाविमलपौडेलको अध्यक्षतामा आठ सदस्यीयअन्तराष्ट्रिय फिचर फिल्म छनोट समिति रहेको छ । 

advertisement_1676551694.gif