आईतवार, १७ श्रावण, २०८३

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पर्साबाट चार जना पक्राउ

राष्ट्रिय सन्‍देश संबाददाता, ११ घण्टा पहिले

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पर्साबाट चार जना पक्राउ

२०८३ साउन १६, काठमाडौँ । सामाजिक सद्भाव खल्बल्याएको अभियोगमा पर्साबाट चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उनीहरूलाई वीरगञ्ज महानगरपालिका–११ रानीघाटबाट पक्राउ गरिएको हो ।

उनीहरूले नगरक्षेत्रमा टायर बालेर सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेका थिए । प्रहरीले साम्प्रदायिक सद्भाव बिग्रने गतिविधिमा संलग्न नहुन सम्बद्ध सबैमा आग्रह गर्दै त्यसो गरेमा कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।

यसैबीच, उक्त कार्यालयले बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकालाई हडताल, बन्द, धर्ना वा जुलुसमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्थाको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ । 

advertisement_1676551694.gif
अन्य समाचार