बिहीबार, २८ फाल्गुन, २०८२

आज ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै

राष्ट्रिय सन्‍देश संबाददाता, सोमबार, १६ मंसिर, २०८२

आज ३८औँ विश्व एड्स दिवस जनचेतनामूलक कार्यक्रम गरि मनाइँदै

२०८२ मंसिर १५, काठमाडौँ । प्रत्येक वर्ष डिसेम्बर १ तारिखमा दिन मनाइने विश्व एड्स दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

यस वर्ष मनाइँने ३८औँ विश्व एड्स दिवस ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्न नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

सन् १९८८ देखि प्रत्येक वर्ष आजको दिन मनाइने यस दिवसले एचआईभी-एड्स विरुद्धको प्रयासलाई अझ सुदृढ, समावेशी र समुदाय–केन्द्रित बनाउनुपर्ने सन्देश दिएको  छ । यो दिवसले चुनौतीबीच पनि संक्रमण रोकथाम, उपचार पहुँच र अधिकारका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्छ ।

यस वर्षको नाराले एचआईभी नियन्त्रणका क्रममा देखिएका अवरोधलाई अवसरमा बदल्दै नयाँ समाधान, समान सेवा पहुँच र मानवअधिकारमैत्री स्वास्थ्य प्रणालीमार्फत एड्स अन्त्य गर्ने दिशामा अघि बढ्न आह्वान गरेको छ ।

देशमा अहिले पनि दैनिक औसत दुई जना नयाँ संक्रमित थपिने र एक जनाको एचआईभीका कारण ज्यान जाने अवस्था कायम छ । नेपाल सरकारले सन् २०३० भित्र एड्सको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्न ९५ प्रतिशतलाई आफ्नो संक्रमणबारे थाहा पाउने, ९५ प्रतिशतले औषधि उपचारमा पहुँच पुराउने र ९५ प्रतिशतको भाइरललोड कम गराउने सरकारी लक्ष्य रहेको छ ।

advertisement_1676553908.gif