मंगलवार, २८ आश्विन, २०८२

एनएचआरसीको निर्माणाधीन भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ५ आश्विन, २०८२

एनएचआरसीको निर्माणाधीन भवनबाट सेवा दिँदै स्वास्थ्य मन्त्रालय

२०८२ असाेेज ०५, काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीहरुले रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन जलाइदिए पछि प्रयोग गर्न अयोग्य भएको छ । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते आन्दोलनकारीले रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवनमा आगजनी गरेपछि मन्त्रालयले नयाँ स्थानबाट सेवा प्रवाह गर्न थालेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा नेपाल इन्जिनियर्स एसोसिएसनका इन्जिनियरहरूको टोलीले अध्ययन गर्दा पिल्लरविहीन नमुना भवन प्रयोगयोग्य नभएको निष्कर्ष निकालेपछि मन्त्रालयले तत्कालै स्थानान्तरण गरिएको हो ।

हाल मन्त्रालयले स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को निर्माणाधीन भवनबाट अस्थायी रूपमा सेवा प्रवाह गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ताकाअनुसार अत्यावश्यक सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले तत्काल वैकल्पिक व्यवस्थाबाट सेवा संचालन गरिएको हो ।

advertisement_1676553851.gif