मंगलवार, २८ आश्विन, २०८२

वीरगञ्जमा हैजा प्रकोप नियन्त्रण गर्न तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, ८ भाद्र, २०८२

वीरगञ्जमा हैजा प्रकोप नियन्त्रण गर्न तीन वटै सुरक्षा निकाय तयारी अवस्थामा रहन गृहमन्त्रीको निर्देशन

२०८२ भदौ ०८, काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका साथै प्रभावितको उपचारको व्यवस्थाका लागि चिकित्सक टोली परिचालन गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा भएको बैठकले उक्त निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए । गृहमन्त्रीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई हैजा नियन्त्रणमा परिचालन हुने टोलीको प्रबन्ध मिलाउन निर्देशन पनि दिए ।

काफ्लेका अनुसार ‘आवश्यकताअनुसार टोली परिचालनका निम्ति तत्काल तयारी थाल्न गृहमन्त्रीले निर्देशन दिनुभएको छ’, प्रवक्ता भने ।

यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र खानेपानीमन्त्री प्रदीप यादवबीच वीरगञ्ज हैजा संक्रमण नियन्त्रणबारे छलफल भएको छ ।

स्थानीय सरकारसँगको समन्वयमा बिरामीको तत्काल उपचार तथा सरकारी एवं निजी अस्पतालमा निःशुल्क परीक्षणको व्यवस्था गरिएको मन्त्री पौडेलले जानकारी दिएको मन्त्री यादवको निजी सचिवालयले जनाएको छ ।

advertisement_1676998982.gif