मंगलवार, २८ आश्विन, २०८२

आईफोन १६ सिरिजमा अल्ट्रा मोडेल पनि ल्या उने तयारीमा

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २५ माघ, २०७९

आईफोन १६ सिरिजमा अल्ट्रा मोडेल पनि ल्या उने तयारीमा

 एप्पलले सबैभन्दा महँगो फोनका रूपमा 'अल्ट्रा' मोडेल ल्याउने चर्चा यतिबेला छाएको छ। यो मोडेल आईफोन १६ सिरिजमा समावेश हुने  एप्पलले दाबी गरेका छ ।

सन् २०२४ मा एप्पलले आईफोन १६ लाइनअपमा अल्ट्रा मोडेल समावेश गर्ने गरि प्रो र प्रो म्याक्सभन्दा पनि स्तरीय फोनका रूपमा बजारमा ल्‍याउने तयारी गरेको छछ कम्‍पनीले जनाएको छ।

आईफोन १५ को अल्ट्रा मोडेलको मूल्य प्रो म्याक्सको तुलनामा बढी हुनेछ । एप्पलको आयव्यय विवरण सार्वजनिक गर्ने कार्यक्रममा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुक का  अनुसार अहिले आईफोन १४ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर (एक लाख ४३ हजार रुपैयाँ) रहेको छ भने भविष्यमा आईफोनको मूल्य वृद्धि हुनसक्ने संकेत गरेका थिए ।

कम्‍पनीका अनुसार कम्पनीले उक्त अल्ट्रा मोडेलमा भने क्यामेरामा बढी काम गर्नेछ । त्यस्तै फास्टर चिप, ठूलो डिस्प्ले उपलब्ध हुनसक्ने उनको अनुमान लगाएको छ । आईफोनको अल्ट्रा मोडेलमा के-कस्ता विशेषता हुनेछन् भन्ने हालसम्म एकीन रूपमा भने स्पष्ट छैन।

साथै कम्पनीले अल्ट्रा मोडेलका लागि वायरलेस चार्जिङमा केही नयाँपन ल्याउने जनाएको छ।

advertisement_1676551537.gif