मंगलवार, २८ आश्विन, २०८२

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १२ पुष, २०८१

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

१२ पुष, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर विहिबार साँझ निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई विहिबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो।

साँझ ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको भारतीय संचारमाध्‍यमले जनाएको छ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको सम्‍हालेका थिए। सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए। त्‍यस्‍तै उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए ।

प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताएका छन्। उनले भने, “भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ ।

कांग्रेस नेता राहुल गांधीले पनि दिवंगत नेताप्रति श्रद्धाञ्जलि दिँदै शोक सन्तप्त परिवारजनमा समवेदना दिएका छन्।

advertisement_1676551694.gif