मंगलवार, २८ आश्विन, २०८२

भारतले रच्यो इतिहास, चन्द्रयान–३ चन्द्र सतहमा सफलतापूर्वक अवतरण

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, ६ भाद्र, २०८०

भारतले रच्यो इतिहास, चन्द्रयान–३ चन्द्र सतहमा सफलतापूर्वक अवतरण

काठमाडौं– भारतको चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको छ। चन्द्रमामा आफ्नो यान उतार्दै भारतले एक नयाँ इतिहास रचेको। अहिलेसम्म विश्वका कुनै पनि देशका यानहरु चन्द्रमाको यो सतहमा अवतरण गर्न सकेका थिएनन्। तर भारतको चन्द्रयान पहिलो भएको छ जो सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको हो।

चन्द्रमामा विक्रम ल्यान्डरकी सफ्ट ल्यान्डिङपछि प्रज्ञान रोवर त्यसबाट निस्किनेछ। र चन्द्र सतहहमा घुम्दै सोध गर्नेछ। १४ जुलाई दिउँसो साढे २ बजे श्रीहरि कोटाबाट उडान भरेको चन्द्रयान–३ ले आफ्नो ४० दिन लामो यात्रा पूरा गरेको छ।

चन्द्रयान सफलतापूर्वक अवतरण भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इतिहास रचिएको यो पल निकै अविश्मरणीय रहेको बताएका छन्। भारतीय अन्तरिक्ष एजेन्सी इसरोका सबै सदस्यलाई बधाई दिँदै मोदीले यो अभूतपूर्व क्षणको साक्षी बन्न पाएकोमा गौरभाम्वित भएको बताएका छन्।

advertisement_1676551646.gif