राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ श्रावण, २०८०
बेइजिङ। चीनको शानडोङ प्रान्तमा भूकम्प गएको छ । शनिबार राति देझाउ सहरको पिङयुवान काउन्टीमा ५.५ रेक्टरस्केलको भूकम्प गएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भुकम्पमा परी २० जना घाइते भएका छन् । चीनको राजधानी बेइजिङबाट तीन सय किलोमिटर टाढाको शानतोंग प्रान्तको तचौ शहरमा भुकम्पले क्षति पुर्याएको हो ।
भूकम्पको केन्द्रबिन्दु डेझोउ शहरबाट २६ किलोमिटर दक्षिणमा १० किलोमिटर गहिराइमा थियो।