राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, १८ जेष्ठ, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाट नेपालले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी गराएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमका विषयमा चासो व्यक्त गरेपछि भारतले प्रयोग अनुमति दिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री दाहालले भारतले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति दिएको बताएका हुन् ।
उनले नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाको डीपीआर बन्ने सहमति भएको सिन बताए । तीन महिनाभित्र डीपीआर बन्ने र एक वर्षमा अगाडिका काम बढ्ने सहमति भएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् ।
विमानस्थल निर्माणको क्रममा नेपालले पहिल्यै आइएसएस उपकरण जडान गरेपनि त्यसको फ्रिक्वेन्सीले भारतीय सीमा क्षेत्रको २ किलोमिटर आसपासको हवाई स्पेस लिएपछि भारतले सो उपकरण संचालनमा अवरोध गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यो सहमतिसँगै अब जुनसुकै मौसममा पनि यो विमानस्थलमा जहाजहरुले उपकरणमा आधारित प्रणालीमा रहेर जहाज अवतरण गराउन सक्ने भएका छन।