राष्ट्रिय सन्देश संबाददाता, बुधबार, १० बैशाख, २०८२
१० बैशाख, काठमाडौं । जम्मु-कश्मीरमा मंगलबार भएको आतंकवादी हमलामा २७ जना मृत्यु भएको छ । आतंकवादी हमलामा एकजना नेपालीको मृत्यु भएको बताइएको छ । भारतिय संचार माध्यम दैनिक भास्करका अनुसार आक्रमणमा नेपालका सुदीप न्यौपाने मृत्यु भएको जनाएको छ । समाचारमा जनाइए अनुसार उनको ठेगाना नेपाल मात्र उल्लेख गरिता पनि हाल सम्म उनकाे नेपालकाे ठेगाना खुल्न सकेकाे छैन ।
जम्मु-कश्मीरमा २०१९ को पुलवामा आक्रमणपछि मंगलबार सबैभन्दा ठूलो आतंकवादी हमला भएको हो । हमलामा एक नेपालीसहित २७ जना मारिएका हुन् । हाल सम्म् १ नेपाली सहित १६ जनाकाे नाम पुष्टि भएकाे छ । तिनमा नेपालका एक पर्यटक, यूएईका एक पर्यटक, २ जना स्थानीय र बाँकी भारतकै गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका नागरिक रहेको भारतिय संचार माध्यमहरूले जनाएका छन ।
हमला मंगलबार दिउँसो २:४५ बजे जम्मु-कश्मिरकाे पहलगामको बैसरन उपत्यकामा भएको हो । मिडिया रिपोर्टअनुसार आतंककारीहरूले एक पर्यटकलाई नाम सोधे र टाउकामा गोली हाने। यसपछि उनीहरू अन्य पर्यटकहरूमाथि गोली चलाउँदै भागेका हुन ।
उक्त आक्रमणको जिम्मेवारी लश्कर-ए-तैयबाले लिएको छ। घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । घटनापछि सुरक्षा बलले पहलगामको आक्रमण भएको क्षेत्रलाई घेराबन्दी गरेको छ । सबैतिर उच्च सतर्कता अपनाइएकाे छ ।