बिहीबार, ३१ बैशाख, २०८३

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन नेपाली दूताबासको आग्रह

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० फाल्गुन, २०८२

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन नेपाली दूताबासको आग्रह

२०८२ फागुन ३०, दोहा, कतार। कतारस्थित नेपाली दूतावासले विभिन्न कारणवश स्वदेश फर्कन चाहने नेपाली नागरिकहरूका लागि विशेष सूचना जारी गर्दै आवेदन दिन आग्रह गरेको छ।मध्यपूर्वको वर्तमान असहज परिस्थितिका कारण कतारबाट सिधा उडानमा समस्या पर्न सक्ने भन्दै साउदी अरेबियाको मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएकाले दूतावासले यस्तो अनुरोध गरेको हो।

साउदी मार्ग प्रयोगका लागि नयाँ व्यवस्थादूतावासद्वारा जारी विज्ञप्ति अनुसार, साउदी अरेबियाका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले यात्रीहरूसँग साउदीको वैध भिसा हुन अनिवार्य छ। यसका लागि निम्न प्रक्रिया अपनाउन भनिएको छ।

को-को योग्य?: कतारको वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका नेपाली नागरिकहरू।प्रक्रिया: दोहास्थित 'ताशिर साउदी भिसा सेवा केन्द्र' (Tasheer Saudi Visa Service Center) मार्फत पर्यटक भिसा (Tourist Visa) का लागि आवेदन दिनुपर्नेछ।अपोइन्टमेन्ट: भिसा आवेदनका लागि पहिले नै अनलाइनमार्फत वा तोकिएको केन्द्रमा अपोइन्टमेन्ट बुक गर्नुपर्ने दूतावासले जनाएको छ।

भिसा प्रक्रिया र आवेदनका सम्बन्धमा केही अन्योल भएमा आवेदकहरूले सिधै भिसा सेवा केन्द्रको सम्पर्क नम्बर ५०६६०६२२ मा सम्पर्क गरी बुझ्न सक्नेछन्।दूतावासले पछिल्लो समय मध्यपूर्वको क्षेत्रीय परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षित यात्राका लागि यो विकल्प प्रयोग गर्न र समयमै प्रक्रिया सुरु गर्न आफ्ना नागरिकहरूलाई सचेत गराएको छ।

Download the PDF
advertisement_1676551537.gif