शुक्रबार, ३ जेष्ठ, २०८२

पाकिस्तान र भारत तत्काल युद्धविराम गर्न सहमत

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २७ बैशाख, २०८२

पाकिस्तान र भारत तत्काल युद्धविराम गर्न सहमत

२७ बैशाख २०८२, काठमाडौं । भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमति जनाएका छन् । पाकिस्तानका विदेशमन्त्री इशाक डारले भारत र पाकिस्तान युद्धविराम गर्न सहमत भएको जानकारी दिए ।

यो दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । उनले शनिबार भने कि अमेरिकी मध्यस्थतापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।

पाकिस्तानी विदेशमन्त्री र भारतीय स्रोतहरूले पनि युद्धविराम भएको पुष्टि गरेका सीएनएनले जनाएको छ । भारत र पाकिस्तानबीच हालै भएको सैन्य द्वन्द्व रोक्ने समझदारी दुवै देशबीचको प्रत्यक्ष छलफलबाट भएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराम गर्न सहमति जनाएको बताएका छन् ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif