मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्रीको स्वागत।

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १७ जेष्ठ, २०८०

प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश  राज्यमन्त्रीको  स्वागत।

नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको नया दिल्ली पुगेका छन्।  त्यहाँ उनलाई  भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् । चार दिने औपचारिक भ्रमणका क्रममा  नयाँ दिल्ली पुगेका प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा राज्यमन्त्री लेखीले  लगाएत अन्य कर्मचारीहरुले स्वागत गरेका हुन् ।

 

भारत भ्रमण मा झन्डै  १२० सदस्यीय टोलीको नेतृत्व गर्दै  प्रधानमन्त्री  प्रचण्ड बुधबार दिउँसो नयाँदिल्ली पुगेका हुन्। उनको स्वागतका लागि दिल्लीस्थित नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए । विमानस्थल बाहिर सांस्कृति टोलीले झाँकी प्रदर्शन गरेको थियो ।

 

 

advertisement_1744958411.jpg