मंगलवार, २८ आश्विन, २०८२

पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, २४ बैशाख, २०८२

पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

२४ बैशाख, काठमाडौँ । पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा हवाई हमला गरेको छ । 

पाकिस्तानबाट प्राप्त स्थानीय रिपोर्ट अनुसार, बहावलपुरमा भएको हवाई आक्रमणमा परी ३० जनाको मृत्यु भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ। भारतीय सेनालाई उदृत गर्दै समाचार संस्था रोयटर्स र एफपीले तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन्।

पाकिस्तान आर्मी इन्टर-सर्भिस पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारसंस्थाहरुले हालसम्म ३५ जना घाइते भएको जनाएका छन्।

भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा आक्रमण गरेको जनाएको छ । तर पाकिस्तानी सेनाले भने तीन स्थानमा आक्रमण भएको बताएको छ ।

बुधबार राति करिब १ः३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा अपरेशन सिन्दूरु अन्तर्गत आक्रमण गरिएको थियो ।

यी तिनै स्थानहरू हुन् जहाँबाट भारतमा आतङ्कवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो ।

advertisement_1676998982.gif