बुधबार, २८ फाल्गुन, २०८१

दक्षिण कोरिया विमान दुर्घटनाः १७९ जनाको मृत्यु भएको अनुमान

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ पुष, २०८१

दक्षिण कोरिया विमान दुर्घटनाः १७९ जनाको मृत्यु भएको अनुमान

१४ पुस, काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७१ पुगेको छ । थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो ।

विमानमा १८१ जना सवार रहेको थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । २ जनाको जीवितै उद्धार गरिएको बताइएको छ । क्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ९६ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । उद्धार कार्य जारी भएको र अरूको अवस्था अज्ञात भए पनि उद्धार गरिएका २ जनाबाहेक अरू बाँचेको हुनसक्ने सम्भावना अत्यन्तै न्यून रहेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।

उद्धार कार्यमा १ हजार ५६२ जना खटिएका छन् । जसमा वारुण यन्त्रका ४९० जना तथा ४५५ जना प्रहरी अधिकारी रहेका छन् ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif