अच्युत अर्याल, आईतवार, १४ श्रावण, २०८०
अप्रत्यासित रुपले पुष १० मा गठित पुष्पकमाल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कार्य आरम्भ गर्दागर्दै नेपाली राजनितिमा अर्को अनपेक्षित धक्का महशुश गराएको थियो । सत्ता राजनीतिको जटिल तथा कुटील पासा केहि समयमै उलटफेर तरिकाले पल्टिन सक्ने तथ्यलाई पुन उजागर गरिदिएको थियो । जबकी नयाँ संबिधान जारी पछिको नेपाली राजनीतिमा स्थायीत्वको आधार दिनसक्ने बलियो जनमत बामपन्थि शक्तिहरुमा रहेको पुष्टि पछिल्लो निर्वाचनको परिणामले नै गरिदिएको छ ।
हुन त पाँच बर्ष अघि २०७४ सालको निर्वाचनको परिणामाले अहिलेको भन्दा दर्विलो बामपन्थि जनमत प्रकट गरेकै थियो । नवरंंग दक्षिणपन्थि शत्तितहरुको राष्ट्रीय तथा अन्तराष्ट्रिय क्रिडास्थल ठानिने नेपालमा यहिवीचमा बामपन्थी शक्तिलाई कमजोर बनाउने हदैसम्मका खेल सक्रियताको साथ खेलिएको हो र बामपन्थी शक्तिलाई एक हदसम्म कमजोर पनि पारियो,किनभने झण्डै दुई तिहाई जनमत सहितको नेकपाको सरकारले पाँच बर्ष पुर्ण अवधि ब्यतित गर्न पाएको भए आज नेपाली कांग्रेस सहितको दक्षिणपन्थी तप्का आफ्नो अस्तितवको लडाईमा सीमित हुने थियो ।भने एकीकृत बामपन्थी शक्ति थप मजबुत भएर एकलौटि शासनसत्ताको स्थायी भागिदार बन्ने थियो । काँग्रैस लगायतको दक्षिणपन्थी जनमत त निकै कमजोर बन्ने थियो नै राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ पार्टी तथा दलबिहीन स्वतन्त्रहरुको त गुञ्जायस नै थिएन ।
नेपालमा बाम बिचारधारामा आधारित जनमतको बलियो आधार रहेकै कारण अन्तरराष्ट्रिय दक्ष्णिपन्थी शक्तिकेन्द्रको बाम बिरोधी चलखेल सदा सर्वदा जारी नै हुने भयो ।अझ बामपन्थी शक्तिहरुको शासन सत्तामा बलियो वर्चस्व स्थापना हुनसक्ने क्षणमा झनै बढि सक्रियता देखिने गरेको इतिहाँस नै छ । बि.सं. २०५१ सालको मध्यावधि निर्वाचनबाट निर्वाचित संसदबाट सबैभन्दा ठूलो दल नेकपा एमालेको नेतृत्वमा बनेको मनमोहन सरकार होस या २०६४ सालको संबिधानसभाको निर्वाचनबाट निर्वाचित माओवादी नेतृत्वको बहुमतको सरकार होस्,या त २०७४ सालको नेकपा नेतृत्वको झण्डै दुई तिहाई जनमातको ओली सरकार होस् बाम वर्चस्वका हरेक निर्वाचित संसदले पूर्ण कार्यकाल ब्यतित गर्न नसक्नुमा एउटा प्रमुख कारण अन्तरराष्ट्रिय दक्षिणपन्थी शक्तहरुको चलखेल पनि हो ।यद्यपि दक्षिणपन्थी शक्तिहरुसंगको चलखेलमा संंलग्न भई राजनीतिक बिचलनको गोटि बन्ने कथित बामपन्थी नेताहरुको पलायनबादी चरित्रलाई कम आँक्न झनै मिल्दैन ।
बामपन्थी जनमातको उर्वर भूमि नेपालमा राजनीतिक अस्थिरताको एउटा प्रमूख र स्थायी प्रवित्ति बामपन्थी पार्टीहरुमा देखिइरहने फुटपरस्त प्रवृत्ति पनि हो भन्ने कुरामा दुईमत छैन। तर एकीकृत बामपन्थी आन्दोलनलाई छिन्नभिन्न पार्नेगरि स्वयं कम्युनिष्ट समुहहरुको नाममा दक्षिण्पन्थी शक्तिहरुको सेवा पुर्याउने खालका अनपेक्षित घटनाहरु घटाउने क्रमले सिंगो बाम आन्देलनलाई निरन्तर क्षति पुगिरहेको छ। यस्तो खाले आत्मघाती प्रबृत्ति र पात्रहरुलाई निर्मूल पार्न जरुरी छ । नत्रभने जनतामाझ लोकप्रियता कमाउन सफल बाम आन्दोलनले निरन्तर क्षति ब्यहोरिरहने निश्चित छ ।