कृष्ण घिमिरे, सोमबार, १८ असार, २०८०
गुरु पुर्णिमा खास गरि शिष्य हरुले गुरुप्रति सम्मान जनाउने दिन,स्मरण गर्ने दिन। विभिन्न माध्यम बाट जस्तै ,पुजा गरेर ,उपहार दिएर वा मात्र स्मरण गरेर। शिष्य हरुले विभिन्न माध्यमबाट गुरुलाई सम्झने दिन। हामीलाई हरेक काम गर्न गुरु को आवस्यकता पर्छ। आत्मज्ञान रुपी ज्ञान देखि लिएर संसारिक ज्ञान प्राप्त गर्न पनि गुरु चाहिन्छ। लौकिक शिक्षा दिने गुरु देखि लिएर जन्म मरण को चक्कर बाट सदाका लागि छुटकारा दिलाउने सदगुरु सबै लाइ गुरु भन्न सकिन्छ। सामान्य अर्थमा ज्ञान दिने जति सबै गुरु। गाडी चलाउन सिकाउने ,खाना बनाउन सिकाउने बिद्यालयमा शिक्षा दिलाउने,संसारमा रहेर कसरि बाँच्ने जस्ता विषयका गुरुदेखि लिएर जीवन र जगत सम्बन्धि ज्ञान ,मनुष्य जन्म को उद्देश्य के हो रु लगाएतका बिषय लाइ समेटेर आफुलाई संसार सागर बाट पार लगाउन मद्धत गर्ने गुरु सबैलाई सम्झना सकिन्छ। तर बिशेष गरि गुरु शब्द को अर्थ बिशाल छ। संसार सागर बाट मुक्ति दिलाउने गुरुलाई बिशेष रुपमा सदगुरुको रुपमा मानिदै आइएको छ ।
हाम्रो हिन्दु सनातन धर्ममा गुरुको महत्व निकै ठुलो रहेको छ। शिष्य हरु आ आफ्ना गुरुलाई सम्झना वा सम्मान गर्न ठुला ठुला महोत्सब गरेर मनाउछन। गुरु शब्द को अर्थ आन्धकार मेटाएर उज्यालो तर्फ अर्थात प्रकाश तर्फ लैजाने व्यक्तिलाई भन्न सकिन्छ। ‘गु को अर्थ हुन्छ अंधकार ९अज्ञान० एवं ‘रु को अर्थ हुन्छ प्रकाश ९ज्ञान०। गुरुले अज्ञान रूपी अंधकारबाट ज्ञान रूपी प्रकाश को तर्फ लिएर जाने हुदा भावी जीवनको निर्माणमा गुरू द्वारा नै मार्गदर्शन हुने भएकोले गुरु जीवनमा अपरिहार्य हुन्छ ।स्कन्ध पुराण अन्तरगतको श्री गुरु गीतमा भनिएको छ गुकारश्चान्धकारो हि रुकारस्तेज उच्यते ्रअज्ञानग्रासकं ब्रह्म गुरुरेव न संशयः ्र्रअर्थात् अन्धाकार रुपी अज्ञानलाई हटाएर ज्ञान रुपी प्रकाश प्रदान गर्नेलाई गुरू भनिन्छ यसमा कुनै संधेह छैन, यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो र उनकै योगदानलाई चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ । आवको दिनलाई ब्यास पूर्णिमा पनि भनिन्छ । आषाढ महिनाको पूर्णिमामा व्यास ऋषिको जन्मदिन भएकोले यसलाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भनिएको हो ।
गुरु किन आवस्यक छ। के गुरु बिना ज्ञान प्राप्त गर्न सकिदैन। अवस्य जनमानसमा यो प्रश्न आउछ। अवस्य गुरु बिना ज्ञान प्राप्त असम्भब नै छ प्राप्त भए पनि त्यो अधुरो रहने छ।स्वयम् भगवान राम,कृष्ण का पनि गुरु विश्वामित्र, वशिष्ठजी तथा सांदीपनी मुनि जस्ता ब्रह्मनिष्ठ गुरु थिए। भगवान भएर पनि गुरुको आवस्यक पर्यो भने हामि मनुष्यलाई नपर्ने भन्ने प्रश्न नै आउदैन। यसै प्रसंगमा राम चरित मानसमा भनिएको छ ।
गुरु बिन भव निधि तरइ न कोई । जौ बिरंचि संकर सम होई ।।
अर्थात गुरु बिना संसार सागर बाट पार पुन मुस्किल छ चाहे त्यो ब्रम्हा वा भगवान शंकर को समान नै किन नहोस। यसबाट यो पुस्टि हुन्छ कि गुरु जीवनमा अपरिहार्य छ। अब कस्तो गुरु छान्ने रु गुरु कसरि चिन्ने रु प्रश्न हरु हाम्रो सामु तेर्सिन्छ। आजभोली गुरु बन्ने जो केहि कमि पनि छैन । जता हेर्यो गुरु बन्ने शिष्य बनाउने एस्तो धन्दा चलिरहेको छ। एस्तो माहोल बाट समर्थ गुरु को हो कसरि चिन्ने भन्ने बिषय महत्वपूर्ण हो। किनकि गुरु एक पटक बनएपछी पटक पटक परिवर्तन गरिरहने बिषय पनि होइन तसर्थ बेलैमा सोचेर अनि चिनेर गुरु छान्नु पर्छ। स्कन्द पुराण को श्री गुरु गीतामा शिब पार्वती सम्बादमा गुरुको बिषयमा चर्चा राम्रो संग गरिएको छ।
मोहादिरहितः शान्तो नित्यतृप्तो निराश्रयः
तृणीकृतब्रह्मविष्णुवैभवः परमो गुरुः
अर्थात मोह आदि दोष बाट रहित ,शान्त ,नित्य तृप्त ,कसैको आश्रय बाट रहित ब्रम्हा र बिष्णु को बैभब लाइ पनि तृणवत् सम्झानेवाला नै परम गुरु हो।
यस्य दर्शनमात्रेण मनसः स्यात् प्रसन्नता।।
स्वयं भूयात् धृतिश्शान्तिः स भवेत् परमो गुरुः ।।
जसको दर्शन मात्र बाट मन प्रसन्न हुन्छ,आफै धैर्य र शान्त भएर जान्छ तेस्ता गुरु परम गुरु अर्थात् सद्गुरु हुन्। तेस्ता गुरुलाई गुरु बनाउनु पर्छ। केवल लह लहै मा लागेर गुरु बनाउनु हुदैन। अर्को महत्व पूर्ण बिषय के हो भने हाम्रो हिन्दु सनातन संस्कृति को बिरुद्ध ,बेद ,उपनिषद् र गीता को अनुकुल ब्याख्या उपदेश दिनेहरु नै खास गरि हामी सनातन हिन्दु धर्मालम्बीहरुका गुरु हुन सक्छन। त्यो बिषयमा पनि ध्यान दिनु जरुरि छ। त्यस्तै गुरु पनि गुरु शिष्य परम्परा बाट आएको हुनु पर्छ। गुरुको पनि गुरु उहाको पनि गुरु उहाको पनि गुरु आदि परम्परा बाट चलेको गुरुलाई नै गुरु बनाउन पर्छ। यसरी समर्थ गुरुको प्राप्ति पछि गुरु दिक्षा बाट प्राप्त मन्त्र ज्जप गर्ने ,गुरुको आज्ञा अनुसार नियम पालना गर्ने साधना गर्ने गरेमा सद्गुरुबाट अवस्य शिष्यको कल्याण हुनेछ ,जन्म मरणको चक्करबाट सदाको लागि मुक्ति दिलाउन गुरु बाट मद्दत मिल्छ।
गुरुको महत्व को बिषयमा पनि शास्त्रहरुमा निकै चर्चा रहेको पाइन्छ। गुरु र भगवान दुवै संगै अगाडी आएमा कसलाई पहिले प्रणाम गर्ने भन्ने बिषयमा भनिएको छ।
गुरु गोबिन्द दोउ खड़े, काके लागु पाँव ।
बलिहारी गुरु आपने, जिन गोबिन्द दियो बताय ।।
अर्थात गुरुलाई जसले भगवानलाई चिनायो गुरुलाई पहिले प्रणाम गर्नुपर्छ।
यसरी शास्त्रहरुमा भएका प्रमाण हरुका आधारहरुलाई हेर्दा पनि के कुराको पुस्टि हुन्छ भने गुरु कुनै व्यक्ति होइन गुरु तत्व हो एक भगवानकै अर्को रुप हो। त्यसैले त भनिएको छ ।
गुरूर्ब्रह्मा गुरूर्विष्णुः गुरूर्देवो महेश्वरः
गुरूर्साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः ।।
अर्थात गुरुनै ब्रम्हा हुन् गुरुनै बिष्णु हुन् ,गुरुदेव नै महेश्वर हुन् ,गुरु नै साक्षात परब्रम्हा हुन्। तेसैले गुरुको दर्जा सबै भन्दा माथि छ। गुरुलाई सधै सम्झे पनि गुरु पुर्णिमाको दिन बिशेष हुन्छ। शिष्यहरू गुरुलाई पुजा गर्न ठुलो कार्यक्रमहरुको आयोजना गरेका हुन्छन। आश्रम हरुमा बिध्यालयहरु लगायत ज्ञान दिलाउने स्थान हरुमा आजको दिन बिशेष पर्वको रुपमा मानिन्छ। शिष्यहरू गुरुको पुजा, ,गुरु पादुकाको पुजा गर्ने तथा विभिन्न मिठो मिठो परिकार हरु गुरुलाई खुवाउने उपहार दिने,भोजन प्रसाद वितरण गर्ने गरेर गुरुपुर्निमा मनाउने गर्दछन्।
गुरु पुजन
आफ्नो गुरु अगाडी भए अगाडी दर्शन गरेर पुजा गर्ने टाढा भएमा मानस पुजन गरेर गुरुपुर्निमा मनाउन सकिन्छ। मानस पूजनको ठुलो महत्व रहेको छ। यो सारा जगत मन बाट नै कल्पना गरेर बनाएइको शास्त्रहरुमा उल्लेख छ।
यस दिन व्यासजीको सम्झनामा ‘सत्–चित–आनन्दस्वरूप ब्रह्मा–परमात्मा हाम्रा आ–आफ्ना गुरुमा वास गर्नुहुन्छ’ भन्ने यथार्थ ज्ञानलाई सम्झेर उहाँको पूजा–आराधना गर्दछौँ । गुरुपुर्निमामा मानस पुजाको महत्व रहेको छ। जस्तै मनमनै गुरुदेवलाई स्नान गराउने , मनमनै गुरुदेवलाई बस्त्र लगाइदिने , मनमनै टिका लगाउने र गुरुजीलाई सेतो सुगन्धित फूलको माला लगाइदिने, मन–मनले आरती गर्ने। अनि गुरुजी आउनुहुन्छ उहाँको मानसिक दर्शन गर्दै, उहाँ यो भाब देखेर खुसि हुनुभएको स्मरण गर्ने । यसरी गुरुपुर्निमामा गुरुदेव को मानस पुजन गर्नु पर्दछ ।आफ्नो व्यासस्वरूप गुरुको ध्यानमा एकताबद्ध, तब विश्वास गर्नुहोस्, गुरुजी केही बोल्दै हुनुहुन्छ र हामी सुनिरहेका छौं। गुरुजीले मायालु आँखाले आशीर्वाद दिइरहनुभएको छ हामी रोमाञ्चित हुँदैछौं, हामी खुशी हुँदैछौं। हामीले गुरुजीसँग मानसिक कुराकानी गर्थ्यौं र अहिले पनि जारी छ। गुरुदेवको शरीर छैन, तैपनि गुरुको सिद्धान्त व्यापक छ, सर्वत्र छ, अमिट छ।व्यासपूर्णिमाको पर्व हाम्रो सुतेको शक्तिलाई जगाउन आउँछ। हामी धेरै जन्म भौतारियो सबै पाएर सबै गुमाएर गरिब भयौं। यो पर्व हाम्रो गरिबी उन्मूलन गर्ने, हाम्रा रोग र दुस्खहरूलाई परास्त गर्ने र हाम्रो अज्ञानतालाई भगवद्ज्ञान, भगवतप्रीति, भगवद रस , भगवत्सामार्थ्यले भर्ने पर्व हो। हाम्रो नम्रता र हीनता हटाई हामीलाई भगवानको महिमा, भगवान को प्रेम,संग एकाकार गरिरहन्छ ।व्यासपूर्णिमाले हामीलाई स्वतन्त्र सुख, स्वतन्त्र ज्ञान, स्वतन्त्र जीवनको सन्देश दिन्छ, हाम्रो महानता देखाउँछ।