कल्पना पौडेल “जिज्ञासु”, बुधबार, १९ बैशाख, २०८१
मे १ का दिन विश्वभर र नेपालमा पनि १३५ औँ मे दिवस मनाइदैछ । श्रमिकहरू माथि मालिकहरूले गरेको अत्याचार र श्रम शोषणका विरुद्ध मजदुरहरूले गरेको विद्रोहको स्मरण स्वरूप मे दिवस मनाउने गरिएको हो । विश्वमजदुर आन्दोलनमा मात्र नभएर हरेक राजनीतिक आन्दोलनमा १ मे को अत्यन्त ठूलो प्रभाव र महत्व रहेको छ । सन् १८८६ मे १ कादिन अमेरिकाको सिकागो शहरबाट शुरु भएको मजदुरहरूको आन्दोलनले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्ने मान्यता स्थापना गराएको थियो । ८ घण्टा मात्र काम गर्ने मजदुरको माग पूरा नगरे पछि सन् १८८६ मे १ का दिन अमेरिकाको सिकागो शहरमा लाखौँ मजदुरहरूले सडकमा उत्रिएर प्रदर्शन गरेका थिए । मजदुरको माग पूरा नगर्ने निर्णय तत्कालीन अमेरिकी सरकारको थियो ।
आन्दोलन २ दिनसम्म शान्तिपूर्ण भएपनि तेस्रो दिनको प्रदर्शन र आन्दोलनमाथि सरकारले व्यापकदमन गरेको थियो । ६ जनामजदुरले सोहीक्रममा सहादत प्राप्त गरेका थिए । मजदुर नेताहरू पार्सन, स्पाइस, एङ्गेल्स लगायतलाई सरकारले मृत्युदण्ड दिएको थियो । त्यो गौरवपूर्ण आन्दोलनका अगाडि अन्ततः तत्कालीन अमेरिकी सरकार झुक्न वाध्य भएको थियो ।
यसअघि २० अगस्ट १८६६ मा बाल्टीमोरमा भेलाभएका ६० जना मजदुरले सर्वप्रथम ८ घन्टा कामको माग राख्दै ‘नेशनल लेबर युनियन’भन्ने एक सङ्गठन निर्माण गरेका थिए । त्यसैको निरन्तरता स्वरुप आजसम्म मजदुर आन्दोलनजारी छ र मे १ को ऐतिहासिक महत्व कायमै छ । मजदुरहरूको त्यो अन्तर्राष्ट्रिय महत्वपूर्ण सङ्गठनको नेतृत्व प्रतिभाशाल मजदुर नेताएच. सिल्विसले गरेका थिए । सिल्विसले अन्तर्राष्ट्रिय नेताहरूसँग बारम्बार पत्राचार गर्दै सम्बन्ध स्थापित गर्ने गर्दथे । सन् १८६७को अधिवेशनले अन्तर्राष्ट्रिय मजदुर आन्दोलनलाई सहयोग गर्ने निर्णय लिएको थियो ।
सन् १८६९ मा लेबर युनियनले प्रथम अन्तर्राष्ट्रिय निमन्त्रणालाई स्वीकार गरी जरनल काउन्सिलमा एकजना प्रतिनिधि पठाउने निर्णय गरेको थियो । यसै समयमा मजदुर आन्दोलनका नेताएच. सिल्विसको दुःखद् निधनभएको थियो । त्यसपछि एसी केमरानलाई अन्तर्राष्ट्रिय प्रतिनिधि चुनेर पठाइएको थियो । उनी सिकागोबाट प्रकाशि तहुने वर्किन्मेन्स एड्बोकेट भन्ने पत्रिकाका सम्पादक पनि थिए । एच. सिल्विसको मृत्युपछि लेबर युनियनमा खराब व्यक्तिको प्रवेशले बदनाम हुँदै विघटन हुनपुग्यो । नेपालमा २००३ सालमा रघुपति जुट मिलमापहिलो पटक मजदुर आन्दोलन शुरु भएको थियो । नेपालमा मजदुर आन्दोलनको इतिहास त्यति लामो नभएपनि देशमा चल्ने गरेका राजनीतिक आन्दोलनहरूमा मजदुरहरूले महत्वपूर्ण सहभागिता र भूमिका निर्वाह गर्दै आएका छन् । तर अहिलेसम्म पनि मजदुरहरूले आफ्नै जीवनमा भने परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।
यद्यपि पञ्चायती व्यवस्थामा प्रतिनिधि सभा (तत्कालीन राष्ट्रिय पञ्चायत) मा देशका मजदुर संगठन, युवक संगठन, महिला संगठन लगायत स्नातक उत्तीर्ण गर्नेहरु चार वर्गहरुको वर्गीय प्रतिनिधित्व गराइएको थियो । तर, तत्कालीन समयमा मजदुरहरुलाई ठुला–ठुला उद्योगपतिहरुको हतियारको रुपमा मात्र प्रयोग गरिएको थियो । मजदुरका प्रतिनिधिहरुले मजदुरहरुको लागि बनाइने कानून तर्जूमा र निर्माण गर्ने सवालमा मजदुरहरुको हितको लागि भन्दा उद्योगपति र पूँजीपति वर्गको स्वार्थ, अनुकुल र उनीहरुकै हितको लागि संसद्मा प्रयोग भएका थिए ।
कामगर्ने समयलाई सुनिश्चित गरेर जब सम्म कानुनी रूपमै व्यवस्थित गरिँदैन तब सम्म मजदुर वर्गको खुशी र स्वतन्त्रता का लागि गरिने सबै सङ्घर्षको प्रयास निरर्थक हुनेछन् भनेर सन् १९६६ को सेप्टेम्बरमा जेनेभामा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय काँग्रेसले आफ्नो धारणा अभिव्यक्त गरेको थियो । नेशनल लेबर युनियनले उठाएको ८ घन्टा कामको मागलाई कार्लमाक्र्सले पनि बढी जोड दिंदै समर्थन जनाएका थिए । सन् १९६७ मा प्रकाशन भएको सर्वाधिक लोकप्रिय ‘पूँजी’नामक पुस्तकको प्रथम खण्डमा कार्ल माक्र्सले निग्रो र गोरा मजदुरहरूको वर्गीय हकहितको कुरा उठाएका छन् ।
माक्र्सले काला मजदुरहरूको सम्पूर्ण रूपमा मुक्ति नहुँदै गोरा मजदुरहरू पनि मुक्त हुननसक्ने विचार व्यक्तगर्दै काला र गोरा मजदुरहरूका वीचको भेदलाई आलोचना गरी मजदुरका वीचमा भेद होइन, वर्गीय एकतामा बाँधिन जोड दिएको पाइन्छ । पूँजी पतिवर्गले मजदुरहरूका मागहरूलाई सम्बोधनगर्ने दिशामा ध्यान दिएनन् । यसैवीच सन् १८८६ को मजदुर आन्दोलनताका विश्व सर्वहारा वर्गका महान् नेताकार्ल माक्र्सको दुखद् निधन भयो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरुको बैठकले विश्वश्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो । आफ्नाहक र अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबावदिने उद्देश्यले विश्वका मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।पूँजीपति वर्गद्वारा मजदुरलाई मेसिनझै चौबिसै घन्टा काममा लगाउने र अत्यन्त न्यून पारिश्रमिक दिई अमानवीय व्यवहार गर्ने परिपाटीका विरुद्ध सङ्गठित भएको ट्रेड युनियन आन्दोलनलाई मे दिवसका दिन विशेष चर्चा गर्ने गरिन्छ ।
श्रमिक अधिकारको व्यवस्था नेपालको संविधानमा समेत समावेश छ । उक्त व्यवस्था कार्यान्वय नगर्न सरकारले ल्याएको श्रम ऐन–२०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । तर नेपालमा भने यो दिवसको रुपमा एक दिन विदादिने बाहेक मजदुरका पक्षमा वकालत गर्ने गरी कुनै किसिमका कामहरु राज्य स्तरबाट हुने गरेको पाइँदैन ।
मे १ को गौरवपूर्ण परम्परालाई कायम राख्दै मजदुर आन्दोलनलाई सही रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता अझै उत्तिकै टड्कारो रुपमा देखिएको छ । मजदुर वर्ग क्रान्तिको भरपर्दो र निर्णायक शक्ति हो । यहीशक्तिको दुरुपयोग गर्दै विभिन्न संशोधनवादीत था अवसरवादी सङ्गठनहरूले आफ्नो स्वार्थपूर्ति गर्दै आइरहेका छन् । मजदुरहरूको मुक्ति अभियानलाई शिखरमा पुग्नन दिनका लागि विभिन्न प्रतिक्रियावादी तथा संशोधनवादी पार्टी सङ्गठनहरू क्रियाशील रहेका छन् ।
आज राजनीतिक रुपमा अस्थिर र आर्थिक रुपमादेश गम्भीर सङ्कटमा फसिरहेको अवस्थामा अब मजदुर वर्ग विशेष सचेत र सतर्कताका साथ अघि बढ्नुपर्ने बेला आएको छ । कुनै पनि आन्दोलनको क्रान्तिकारी परम्परालाई कायम राख्न र उद्देश्य पूरा गर्न एउटा सहीनीति र सिद्धान्त बोकेको राजनीतिक पार्टी मात्र सक्षम हुन्छ । विभिन्न कारणले गर्दा आजमजदुर आन्दोलन एकदम कमजोर अवस्थामा पुगेको छ । त्यसो त विश्वकै मजदुर आन्दोलन त्यति शक्तिशाली बन्न सकिरहेको अवस्थाभने छैन । विभिन्न अवसरवादी सङ्गठनहरूको भ्रमको जालो हटाएर राष्ट्रियताको रक्षा र आन्दोलनमा मजदुरहरू एक हुनु जरुरी छ । श्रमिक, मजदुर र सर्वहारा वर्ग सहितको क्रान्तिले नै श्रमिकवर्गलाई मुक्ति दिलाउने कुरामा शायद कसैको दुई मत नहोला ।
(खजुरा, बाँके)
(लेखिका जिज्ञासु विश्व नेपाली साहित्यमहासंघ, नेपालका अध्यक्ष हुनुहुन्छ
-संम्पादक