मंगलवार, १८ मंसिर, २०८१

advertisement_1730215456.gif

नेपालमा पर्यटन ब्यवसायका संभावनाहरु

कृष्ण घिमिरे, मंगलवार, २४ माघ, २०७९

नेपालमा पर्यटन ब्यवसायका संभावनाहरु

प्राकृतिक सम्पदाले नेपाल विश्वमा निकै धनि छ । जलस्रोतमा विश्वकै दोस्रो धनि राष्ट्र । विश्वकै सर्वोच्व शिखर सगरमाथा, भगवान वुद्ध को देश, जस्ता असंख्य विषयहरु छन् , नेपाललाई परिचित गराउने ,तर पनि नेपालबारे विश्वका असंख्य मुलुकहरु अनविज्ञ नै छन् । नेपालबारे विश्वमा परिचय गराउनका लागि विभिन्न सरकारी तथा गैर सरकारी निकाय वा संघ संस्थाहरु लामो समय देखि लागि परे पनित्यसको नतिजा सन्तोषजनक छैन । अहिले पनि नेपालबारे विश्वलाई परिचित गराउनकालागिप्रभावकारि ढंगले  कुनै कार्यक्रमवाप्रचार प्रसार नहुनुले  असंख्य मुलुक तथा जनमानसमा नेपालका बारेमा जानकारि नहुनुलाई स्वभाविक नै मान्न सकिन्छ । 
बिविधताले भरिपुर्ण  भएको नेपालमा पर्यटन ब्यवसाय एक प्रमुखआयश्र्रोतका रुपमा स्थापित हुन सक्छ ।  पर्यटन ब्यवसाय नेपालमा जुन द्रुतगतिमा फस्टाउनु पर्ने हो, त्यो छैन । यस बिषयमाआम नेपालीहरुलाई त पुर्ण रुपमा जानकारि छैन भने , अन्यमुलुकमा जानकारि हुनु त टाढा कै विषयमान्न सकिन्छ ।
-धार्मिक क्षेत्र  नेपालमा हिन्दु र बौद्ध धर्म सम्बन्धि विभिन्न ऐतिहासिकधार्मिक स्थलहरु छन् । हिन्दुहरुका अराध्यदेव पशुपतिनाथ देखि लिएर मुक्तिनाथ, स्वर्गद्धारी,देवघाट क्षत्र, गोसांई कुण्ड ,जनकपुरधाम, केदारनाथको शिर मनियको डोलेश्वर महादेव, मनकामना, विन्ध्यवासिनी,भैरवस्थान लगाएतथुप्रै धार्मिक स्थलहरुमध्ये केहिका बारेमामात्र नेपालीहरुलाई जानकारि छ । त्यस्तै लुम्बिनि, स्वयंभुनाथ, बौद्ध लगायतकाबौद्ध धर्म संग सम्वन्धितधार्मिक स्थलहरु छन् । यि क्षत्रहरुको धार्मिक र ऐतिहाँसिक महत्वका वारेमा प्रचार प्रसार हुन सके यस क्षत्रमाआन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि गर्न सकिन्छ । भारतका चार धाम,हरिद्धार,ऋषिकेश ,केदारनाथ, बद्रिनाथ ,तिरुपतिबालाजि, शिरडि जस्ता धार्मिक स्थलहरुको भ्रमण गर्ने आन्तरिक तथाबाह्य पर्यटक बाट भारतले अर्बौ रुपैयाँआम्दानि गरिरहेको छ । हाम्रो देशमाभएका धार्मिक क्षत्रहरु ब्यवस्थितहुन सकेका छैनन् । विग्रिएकाभत्किएका स्थानहरु,भवनहरु,मठ मन्दिर, तालझरना र पवित्रनदिहरु जिर्णेद्धार गर्ने, सफासुग्घर राख्ने र पर्यटकहरुलाई उचित सुविधा को ब्यवस्था गर्ने हो भने यि क्षत्रहरुबाट मनग्यधनआर्जन गर्न सकिन्छ । 
-ऐतिहाँसिक क्षेत्र   काठमाडौं उपत्यकाका तिनवटै जिल्ला लगायत देशका विभिन्न क्षत्रमा परापुर्वकाल का ऐतिहाँसिक धरोहरहरु रहेका छन् । परापुर्व कालमा निर्माण गरिएका भवन, शिलालेख, दरवार क्षेत्रहरु, तालतलैयाहरु अहिले सम्म पनि जस्ताको तस्तै अवस्थित छन् । ति दरबार ,मन्दिर लगायतकाभवनहरु पुराना भैसकेका छन् ,भने कतिपय भत्किएर क्षतिग्रस्त अवस्थामा छन् । ति भवनहरुको जीर्णेद्धार हुन सकिरहेका छैनन् । काठमाडौं  को बसन्तपुर स्थित दरबार स्क्वायर क्षेत्र,भक्तपुर र ललितपुर का दरवार क्षेत्रहरु  ब्यवसाय गर्ने स्थलका रुपमा परिणत भैरहेका छन् । कतै म:म  त कतै के, भने कतै प्रेम गर्ने जोडिहरुको रोमान्स गर्ने स्थलका रुपमा परिणत भएका छन् । यस्ता दृष्यहरु ति क्षत्रमा जो कोहिले पनि देख्न सकिन्छ । त्यस प्रति कसैको चासो गएको देखिदैन । ति क्षेत्रहरुलाई सम्बधितनिकायले ब्यवस्थित गने सकेमात्यहाँ रहेका कलात्मकचित्रहरु, तस्विरहरु र त्यसले बोकेका ऐतिहाँसिकमहत्वकाबारेमाअवलोकन गर्न लाखौं पर्यटकहरुको भिड लाग्न सक्छ । अहिले काठमाडौँमा अहिले बालेन शाह मेएर मा निर्वाचित भए पछि भने  केहि सुधार हुदै जान थालेको अनुभब हुन् थालेको देखिन्छ। 
-साँस्कृतिक क्षेत्र  नेपालमा असंख्य जातजाति र विभिन्नभाषाभाषिबोल्ने मानिसहरुको बसोबास रहेको छ । ति जातजाति र भाषाभाषिकाआ(आफ्नै मौलिक संस्कृतिहरु रहेका छन् । त्यस्तै यहाँ विशेषगरि हिन्दु धर्मालम्बिहरु को बसोबास भएकोले हिन्दु धर्म संग सम्बन्धित चाड पर्व,जात्रा,मेलाहरुको आफ्नै महत्व रहेको छ । दशैं,तिहार, फागु ,रक्षा बन्धन,छठ,ल्होसार,माघी लगायत का पर्वहरुमा गरिने विभिन्न सांस्कृतिक परम्परादेखि विदेशिहरु पनि आकर्षण भैरहेका छन् । नेपाली परम्परा अनुसार दशैंको टिका थाप्ने, विवाह गर्ने ,होलि खेल्ने ,दिपावलि मनाउने जस्ता कृयाकलापहरुमा विदेशिहरु सहभागि भएका दृष्यहरु हामीले दैनिक रुपमा देख्न सकिन्छ । काठमाडौं उपत्यकाकाविभिन्न स्थानमामनाईने  जात्रा हरु जस्तै इन्द्र जात्रा ,गाई जात्रा आदिमा पनि विदेशिहरु सहभागि भै अनुसन्धानगरिरहेको पाईन्छ । यसले पनि के प्रमाणित गर्छ भने हामीले यस्ता सांस्कृतिक परम्पराको ब्यापक प्रचार प्रसार गर्न सकेमा पर्यटकको आगमनहुने संख्यामा बृद्धि गर्न सकिन्छ । यहाँ विभिन्न जातजातिकाआ-आफ्नै परम्परा छन् । ति विश्वमदुर्लभ र प्रचारलाएक छन् । ल्होसार,माघि जस्ता चाडपर्व देखि लिएर देउडा नाच, मारुनिनाच, ठुलो नाच जस्ता संस्कृति संग जोडिएका नाचहरुको पनि ब्यापकप्रचार प्रसार हुनु जरुरि छ । 
-खेलकुद  क्षेत्र  नेपालले काठमाण्डौ ,पोखरा र नारायणगढमा अन्तरास्ट्रिय स्तरका स्टेडियम निर्माण गर्न सकेमा लाखौं पर्यटकहरु लाई बर्षेनि खेल हेर्ने निहुँमाभित्राउन सक्छ । भारत ,पाकिस्तान, अस्ट्रेलिया लगायतकादेशहरु ले खेल्ने क्रिकेट टेस्ट म्याचहरु नेपालले स्टेडियम तयार गर्न सकेमा र आउने दर्शक हरुलाई उचित सुविधाको ब्यवस्था गर्न सकेमा नेपालको पर्यटन ब्यवसाय निकै उच्वगतिमा अगाडि बढ्न सक्छ ।  नेपाल ले पनिअहिले क्रिकेट खेलमा राम्र प्रगतिगरिरहेको छ । नेपलीहरुको पनि खेल प्रतिको चासो  पहिले भन्दा बढ्दो छ । दक्षिण एसियाका भारत ,पाकिस्तान,श्रीलंकातथाबंगलादेश भनेका क्रिकेट खेलकाप्रमुख घटक मानिन्छन र विश्वकपविजेताहरु पनि पर्दछन् । यी देशका टिमहरुले खेल्ने टेष्ट म्याच तथाअन्य म्याचहरुको आयोजक देश नेपालबन्न सके नेपालले पर्यटन ब्यवसायबाट मनग्यधनअर्जन गर्न सक्ने छ ।
-प्राकृतिक क्षेत्र  यस मा नेपालमा रहेका प्राकृतिक रुपमा रमणिय स्थलहरु, हिमालय,ताललगाएत का क्षत्रहरुको स्थलगत भ्रमण गरि आनन्दलिनका लागि नेपालआउने पर्यटकको संख्यापनि बढ्दो क्रममा छ । सर्वोच्वशिखर सगरमाथा लगायतका हिमालयहरुका चुचुरो लाई छुने ईच्छा राख्ने देखि लिएर यी सौन्दर्यहरुलाई नियाल्न ट्रेकिङ गर्नेहरुको पनिउत्तिकै भिड लाग्ने गर्दछ । तर जुन रुपमा पर्यटकहरुको उपस्थितिहुनु पर्ने हो त्यो भैरहेको छैन । यसको प्रमुख कारण पनिब्यपक रुपमा नेपालमाभएका पर्यटकीय स्थलहरुको प्रचार प्रसार नहुनु नै हो । 
नेपालमा कुनै अन्तराष्ट्रिय कम्पनि खोलेर त्यसको अन्तराष्ट्रिय स्तरमा ब्यापार गर्न असम्भव प्राय नै छ किनकी नेपालमा सामुद्रिक बाटो छैन तसर्थ । नेपालको प्रमुखआम्दनिको श्रोत भनेको पर्यटन ब्यवसाय र विद्युत उत्पादनहो । विद्युत उत्पादनकालागि आवश्यकपुँजिको अभावको कारणले तत्काललाई मनग्यधनआर्जन गर्ने  माध्यमभनेको पर्यटन ब्यवसाय नै हो ।

नेपालमा पर्यटन ब्यवसायका संभावनाहरु

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg