मंगलवार, ५ कार्तिक, २०८२

आज भानु जयन्ती, देश बिदेशमा उनका कविता वाचन गरेर मनाइदै।

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० असार, २०८१

आज भानु जयन्ती, देश बिदेशमा उनका  कविता वाचन गरेर मनाइदै।

काठमाडौँ  । आज असार २९ गते अर्थात् नेपाली साहित्यका आदिकवि आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती देश भर तथा बिदेशमा पनि भव्यताका साथ् मनाइदै छ । नेपाली  साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम सम्वत १८७१ असार २९ गते पिता  धनञ्जय आचार्य र माता  धर्मावतीदेवीका पुत्रको रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा भएको थियो।

उनका हजुरबुवा श्रीकृष्ण आचार्य जुम्ला जिल्लाको सिन्जा उपत्यकाबाट तनहुँ जिल्लामा बसाइँ सरेका थिए। उनलाई आफ्नो हजुरबुवा श्रीकृष्ण आचार्यले सानै उमेरदेखि शिक्षा दिएका थिए ।उनका बुबा धनञ्जय  सरकारी जागिरमा काम गर्थ्ये। भानुभक्त आचार्य द्वारा लिखित  प्रश्नोत्तर,भक्तमाला ,वधूशिक्षा ,रामायण लगाएतका महत्वपुर्ण कृतिहरु रहेका छन्। 

भानुभक्त आचार्यलाई नेपाली भाषाको आदिकविको उपाधिले विभूषित गरिएको थियो। मोतीराम भट्टले वि.सं २०३७ मा आचार्यको जीवनी लेख्दा उनलाई आदिकवि भनेका थिए। आचार्य नेपालको पहिलो कवि भएकाले उनलाई आदिकवि नभनिएको तर कविताको मर्म (भित्री सार)लाई बुझेर लेख्ने उनी पहिलो कवि भएकाले उनी उपाधिको हकदार रहेको उनको भनाइ रहेको थियो।

भानु जयन्ती भानुभक्त आचार्यको जन्मजयन्तीको उपलक्ष्यमा मनाइने गरिन्छ। नेपाली पात्रो अनुसार असार महिनाको २९ औँ दिनमा पर्दछ। हरेक वर्ष नेपाल सरकार र नेपाली जनताका साथै विश्वभर छरिएर रहेका नेपाली भाषीले यो पर्व मनाउने गर्दछन्। भानुभक्त आचार्यको जन्मजयन्तीको सम्झनामा विश्वभर छरिएर रहेका नेपालीमाझ प्रचलित सांस्कृतिक पर्व समेत हो।

प्रत्येक वर्ष भानु जयन्तीमा नेपाली लेखक, उपन्यासकार तथा अन्य साहित्यकारहरूको उल्लेखनीय उपस्थितिमा साहित्यिक गोष्ठी र कार्यक्रमहरूको साथ एक विशाल समारोहको रूपमा मनाइन्छ। 

advertisement_1676998982.gif