राष्ट्रिय सन्देश संबाददाता, शनिबार, ७ भाद्र, २०८२
२०८२ भदौ ७, काठमाडौं । आज मोतीराज भट्टको जन्मजयन्ती मनाइँदैछ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६०औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
वि,सं. १९२३ साल भाद्रकृष्ण औँसीका दिन जन्मिएका र वि.सं. १९५३ सालमा सोही औँसीकै दिन ३० वर्षको उमेरमा दिवङ्गत भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा ठूलो योगदान पुर्याएका थिए ।
शृङ्गार रसलाई सशक्त बनाएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनासाथ नेपालमा छापाखाना भित्र्याए, जसलाई नेपाली पत्रकारिताको सुरुआतको रूपमा मानिन्छ ।
यस अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले विशेष कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्दै छन् ।