सिताराम घिमिरे, सोमबार, २८ श्रावण, २०८१
एक समय बित्यो ,अर्को बित्न बाँकी छ
केही बिग्रेको थियो ,अब सुधार्न बाँकी छ।
हरेक मुस्किल पछि ,राहत निस्कन बाँकी छ
गन्तब्य बाट टाढियौं ,नजिक हुन बाँकी छ
जिन्दगीको यो पन्नामा ,केही लेख्न बाँकी छ
पिडित हरुका कथाको ,अन्त्य हुन बाँकी छ।
दु:खको रात सकेर ,बिहानी ल्याउ बाँकी छ
सबै पिडालाई बिर्शेर ,खुसी अंगाल्न बाँकी छ।
एउटा समय बित्यो, अर्को बित्न बाँकी छ
केही बिग्रेको थियो ,अब सुधार्न बाँकी छ।