बिहीबार, २७ चैत्र, २०८१

गजल

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ६ जेष्ठ, २०८०

गजल

ढुङ्गा पिसेर बालुवा हुन्छ कहिल्यै पिठो हुदैन,

अर्ती, उपदेश र ओखती कहिल्यै मीठो हुदैन!

हरेक बस्तु र जीव को आफ्नै विशेषता हुन्छ,

हेर मनुवा कछुवाको गति कहिल्यै छिटो हुदैन!

जस्ले जस्तोसुकै श्रिङ्गार र पहिरन जति गरोस्

मन त सदाबहार हुन्छ,तन कहिल्यै ठिटो हुदैन!

छाक टार्न धौधौ हुँदा पटुकोले पेट कसेको बेला,

निस्तो आटो र नुन पाए कहिल्यै नमिठो हुदैन!

धेरै आवाजहरुमा स्वार्थ मिसिएको हुनसक्छ,

भर नपर्नु ती आवाजहरु कहिल्यै धितो हुदैन!!

कृष्ण नेपाल प्रितम

advertisement_1680627680.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif