राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, २४ माघ, २०७९
इतिहासकार तथा लेखक हरिबहादुर बिसीद्वारा लिखित पुस्तक ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्म’ विमोचन भएको छ । गत हप्ता रिपोर्टर्स क्लब नेपालमा जनसार्क समन्वय मञ्च नेपालको आयोजनामा एक समारोहका बीच पुस्तक विमोचन भएको हो ।
पुस्तकको विमोचन कार्यक्रममा प्रमुख अतिथि भैरव रिसाल विशिष्ट अतिथि रिपोर्टर्स क्लब नेपालका अध्यक्ष पत्रकार ऋषि धमला, विशिष्ठ अतिथिमा गीतकार एवं साहित्यकार यादव खरेल, त्रिवीअन्तर्गत त्रिचन्द्र क्याम्पसका इतिहास विभागका विभागीय प्रमुख प्रा.डा गोविन्दमानसिंह कार्की, योजनाविद् एवं शिक्षाविद् बुद्धिबहादुर बुढाथोकीले संयुक्त रुपमा विमोचन गरेका हुन्।
कार्यक्रमका अतिथि हरुले लेखक बि सी द्वारा लिखित पुस्तक अत्यन्तै उपयोगी रहेको बताउदै बिसीको पुस्तक अत्यन्त उपयोगी रहेको भन्दै प्रसंशा गरेका थिए । लेखक बिसीले आफ्नो पुस्तकमा पृथ्वीनारायण शाहको पालादेखि अहिलेको समसामयिक राजनीतिक घट्नाक्रमलाई समावेश गराएको बताए । इतिहास सबै विज्ञानको आमा भएको भन्दै यो पुस्तक भावी सन्ततीहरुका लागि उपयोगी भएको उनले बताए ।
विं.स. २००१ सालमा उदयपुरमा जन्मिएका विसी निजामतिको सेवाको उपसचिवबाट निवृत हुन् । उनले शिक्षण पेशामा पनि करिब तीन वर्ष बिताएका थिए । उनी हाल जन सार्क समन्वय मञ्चका अध्यक्ष छन् भने योग बेदान्त सेवा समिति काठमाडौँ का महासचिब रहेका छन्। उनले थुप्रै संघ सस्थामा आवद्ध भएर काम गरेका छन् । उनले गोरखा दक्षिणबाहु पाँचौ, शुभराज्यभिषेक पदक, दिर्घसेवा पदक, जनपदसेवा पदक जस्ता थुप्रै पदकहरु पाएका छन् ।
उनले नेपालको राजसंस्था उदय र अस्त, २०६७ नाम पुस्तक यस भन्दा अगाडी लेखेका थिए भने त्यसैको दास्रो संस्करणका रुपमा नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास पुस्तक बजारमा ल्याएका हुन्।।