सिताराम घिमिरे, मंगलवार, २३ जेष्ठ, २०८०
बैधानिक रुपमा अरबमा युवा बेचेर पनि पुगेन,
बील मिलाएर खाएको कमिसनले पनि पुगेन।
नागिरकलाई नै सरणार्थी बनाए बेच्दै गर्दा पनि,
यि भ्रष्टलाई सजाय दिने प्रमाण अझै पनि पुगेन।
कस्तो हो मेरो देशको न्याय बुझ्नै नसकिने भो,
को कस्तो छ अनुहार हेरेर पढ्नै नसकिने भो।
अभियोग लाउने पुष्टि गर्न नसक्दा केही नहुने,
कस्तो हाम्रो बैद्धिक क्षमता जान्नै नसकिने भो।