राष्ट्रिय सन्देश संबाददाता, आईतवार, २१ माघ, २०८०
नेपालगन्ज (बाँके) पवन जायसवाल । भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जको भाषा तथा समालोचना विभागको आयोजनामा गणेश जिसीका सातौं कृति “मृत्युफूल कथा संग्रह कृति विमोचन समीक्षा एवं रचना वाचन कार्यक्रम” माघ २० गते शनिवार भएको छ ।
भेरी साहित्य समाज केन्द्रीय समितिका महासचिव तथा विश्व नेपाली साहित्य महासंघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि रेग्मीले पानसमा दीप प्रज्वलित गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ फुल्टेक्रा निवासी, भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जका सल्लाहकार समेत रहनु भएका गणेश जिसीद्वारा लिखित सातौं कृतिको विमोचन प्रमुख अतिथि रेग्मी, विशिष्ठ अतिथि लुम्बिनी विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रासद घिमिरे, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, वरिष्ठ कथाकार नरेन्द्र जंग पिटर, भेरी साहित्य समाज केन्द्रीय समितिका अध्यक्ष हरि प्रसाद तिमिल्सिना, अवधी साँस्कृतिक प्रतिष्ठानका केन्द्रीय समितिका पूर्व अध्यक्ष बिष्णुलाल कुम्हार लगायतले मृत्युफूल कथा संग्रह कृति विमोचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गणेश बहादुर जिसीद्वारा लिखित उक्त सातौं कृतिको समीक्षा गीता आर्याल र ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराकी क्याम्पस प्रमुख चरित्रा शाहले समीक्षा गर्नुभएको थियो ।
यसरी कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जका अध्यक्ष हरि प्रसाद तिमिल्सिना, वरिष्ठ कथाकार नरेन्द्र जंग पिटर, लुम्बिनी विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कृतिकार गणेश बहादुर जिसीले आफ्नो कृतिको बारेमा प्रकाश पार्नुभएको थियो ।
यसरी सो कार्यक्रममा चन्द्रवती अधिकारी, हाम्रो पूर्णिमा साहित्य समाज कोहलपुरकी उपाध्यक्ष सुमित्रा न्यौपाने, पशुपति शर्मा, बोधराज प्याकुरेल लगायतले आ–आफनो रचना वाचन गरेका थिए ।कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिकी सदस्य मीना बरालद्वारा सञ्चालित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बालकृष्ण शर्माले स्वागत मन्तव्य गरेका थिए ।
साहित्यकार तथा कृति लेखक गणेश जिसीले आफ्नो ७६ वर्षमा लिखित कृति मृत्युफूल कथा सङ्ग्रह कृतिको विमोचन नेपालगन्ज स्थित स्वस्तिक कटेजमा सम्पन्न भएको छ । कृतिकार तथा साहित्यकार गणेश जिसीद्वारा लिखित कृतिहरु सम्झौता (लघु उपन्यास), अज्ञात अनाथिनी (उपन्यास), क्रन्दन कथा (कथा सङ्ग्रह), मङ्गलचा (खण्डकाव्य), सहरभित्र हराएको मान्छे (कविता सङ्ग्रह), गणेश जिसीका हाइकु कथा संग्रह र मृत्युफूल (कथा सङ्ग्रह) प्रकाशित भएको छ । उहाँले भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्ज, वाङ्मय प्रतिष्ठान, प्रगतिशील लेखक संघ, बि.विकास स्मृति पुरस्कार गुठी, नेपाल पत्रकार महासंघ बाँके शाखाद्वारा (जेष्ठ पत्रकार)बाट सम्मानित एवं पुरस्कृत भई सक्नुभएको छ ।
गणेश जिसीका उक्त मृत्युफूल कथा सङ्ग्रहमा त्रिगुण, सुनको पिंजडा, एकाकार जीवनको पे्रमिलो अध्याय, माटोको माया, कन्टेनरको आभा, उत्तराद्र्धको यात्रा, सुशीलको दिवास्वप्न, अभिशप्त जिन्दगी, गहना, मिलन, पे्रमले तोडेको सीमारेखा, मृत्युफल, अनुराधा, हाट, राम भरोसेको सपना, पवित्रा, परिर्वतन, खण्डहर नाता, सूर्य बहादुर उर्फ आलोक, महत्वकाँक्षी, अकल्पनीय पे्रम, अधिकार, चुनाव, निमीलता कथा संग्रह रहेका छन् ।
यसैगरी कार्यक्रममा खजुरा प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा.इन्द्र बहादुर भण्डारी, भेरी साहित्य समाज केन्द्रीय समितिका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, डा. जनार्दन आचार्य, शिक्षाविद् किरण आचार्य, पुष्पा सुवेदी, अशोक कर्माचार्य, श्यामानन्द सिंह, खम्भ पुन, ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, नवराज भट्ट, रामचन्द्र आचार्य, डिल्ली प्रसाद न्यौपाने, लक्ष्मी बस्याल, खगेन्द्रगिरि कोपिला, साहित्यकार तथा अधिवक्ता भीम बहादुर शाही, इन्द्र बहादुर बस्नेत, पुष्पमणि प्रधान, बि. विकास स्मृति साहित्य पुरस्कार गुठीका अध्यक्ष पंकज कुमार श्रेष्ठ, नृपेन्द्र जिसी, रिमा थारु, नरेन्द्र बहादुर स्वार, शाश्वत शान्तम्, शरण कर्माचार्य, अर्जुन ओली, मधु पौडेल, गोविन्द शर्मा, राजकुमार थारु, आर.के. देवकोटा, शिवेन्द्र भण्डारी, ई. मुकुन्द प्रसाद ढकाल, सुनगाभा पोखरेल, खडग बहादुर बोहरा, भरत रानाभाट, हरि सुवेदी, कृष्ण मुरारी प्रसाद भट्ट, केबी शाही र कृतिकार गणेश बहादुर जिसीका श्रीमती जगत कुमारी जिसी, छोराद्वय विजेन्द्र जिसी, नृपेन्द्र जिसी, छोरी दिपलता जिसी थापा, रुपा थारु लगायतको सहभागिता रहेको थियो ।