सिताराम घिमिरे, मंगलवार, २ फाल्गुन, २०७९
शिक्षाले,
देशको भूगोल सिकाउनु पर्छ,
देशको संस्कृतिसिकाउनु पर्छ ।
बिधिको शासन सिकाउनु पर्छ,
सबै जातका फुल चिनाउनु पर्छ ।
बाझिएका जमिन कोर्न सिकाउनु पर्छ
जमिनअनुसारको उत्पादन गराउनु पर्छ ।
जनशक्तिलाई देशमै टिकाउनु पर्छ।
हरेक खोलामा बिजुली बगेकाछन्,
तिनलाई बस्तिमा उतार्नु पर्छ ।
-तानसेन , पाल्पा