लेखक, शनिबार, ६ बैशाख, २०८२
तिमीलाई पर्खिरहेछु यो मन उदासी बोकी,
आँखाभरि सपना सजाई, प्यासी ओठ टोकी ।
बिताएका पलहरू सम्झन्छु म त घरीघरी,
कहिले आउछौ र तिमी, यो बाटो हेरी रोकी ।
यो रात पनि कट्यो होला तिम्रै यादमा डुबी,
बिहानको घामसँगै आउला खुसी चोखी ।
बतासले ल्याउला कि तिम्रो कुनै खबर मीठो,
मनमा आशाको दियो बल्छ सानो झिल्को झोकी ।
सधैँ तिम्रै बाटो हेर्छु, पर्खाइमा छु म त,
आउ एकफेर भेट्न, यो बिरहको घाउ सोकी ।