मंगलवार, ३१ असार, २०८२

विश्व नेपाली साहित्य महासंघका गतिविधि सहित रचना वाचन कार्यक्रम

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २२ पुष, २०८०

विश्व नेपाली साहित्य महासंघका गतिविधि सहित रचना वाचन कार्यक्रम

नेपालगन्ज । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) नेपाल शाखाद्वारा प्रदेश र जिल्ला शाखाका गतिविधिहरु सहित रचना वाचन कार्यक्रमको आयोजना गरिएको छ । जुम प्रविधिको माध्यमबाट उक्त विशेष कार्यक्रम नेपालगन्जमा शनिवार सम्पन्न भएको हो । 


महासंघका केन्द्रीय संगठन सचिव तथा नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु“ को अध्यक्षता र विनेसामका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीको प्रमुख आतिथ्य तथा केन्द्रीय उपाध्यक्ष डेमजोङ सामपाङ र महासचिव सुनिता राई कन्दङ्गवाको विशिष्ट अतिथ्यता रहेको सो कार्यक्रममा नेपाल शाखाका सचिव कृष्ण केसीले स्वागत मन्तव्य राख्नु भएको थियो । 


सो विशेष कार्यक्रममा वागमती प्रदेश अध्यक्ष तोयानाथ सुवेदी, गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारी, सुदूर पश्चिम प्रदेश अध्यक्ष बावुराम आचार्य, लुम्विनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेल, बर्दिया शाखा अध्यक्ष प्रभात सुवेदी, बाँके शाखा अध्यक्ष गीता अर्याल, दाङ शाखा अध्यक्ष सुरेश कुमार पाण्डे, भक्तपुर शाखा अध्यक्ष रेणु घिमीरे, ललितपुर शाखा अध्यक्ष वुद्धमान महर्जन, चितवन शाखा अध्यक्ष हरिप्रिया रिजालले आ–आफ्ना प्रदेश र जिल्ला शाखाका साङ्गठनिक र साहित्यिक गतिविधिहरु सहित आफ्ना अनुभूतिहरु प्रस्तुत गर्दै रचना वाचन समेत गर्नुभएको थियो । 
सो कार्यक्रमबाट केन्द्र, नेपाल, प्रदेश र जिल्ला शाखाहरुले आफुले गरेका असल अभ्यास र कार्य तथा अनुभवहरु एकआपसमा आदान प्रदान गर्ने, एक अर्कामा साक्षात्कार हुने अवसर प्रदान भएको सहभागीहरुले बताउनु भएको थियो । 


सो अवसरमा महासंघका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बूले शाखाहरुले गरेका कृयाशील गतिविधिहरुले विनेसाम परिवारलाई मजवुत गराउँदै नेपाली भाषा साहित्यको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु हुँदै शाखाहरुले गर्ने कार्यक्रममा केन्द्रको साथ र सहयोग रहने कुराको समेत आस्वस्थ पार्नुभएको थियो । 


नेपाल शाखाका सदस्य तथा लुम्विनी प्रदेश अध्यक्ष लेकप्रसाद प्याकुरेलले सञ्चालन गरेको सो कार्यक्रममा केन्द्रीय महासचिव सुनिता राई कन्दङ्गवा, उपाध्यक्ष डेनजोङ सामपाङ, केन्द्रिय अर्थ सचिव के वी पौडेल, सदस्य भिम विरही, देविका मग्रान्ती, नेपाल शाखाका सल्लाहकार ऋषिराम सापकोटा, नेपाल शाखा, प्रदेश शाखा, जिल्ला शाखाका पदाधिकारी र सदस्यहरुको सहभागितामा दुई दर्जन भन्दा बढीले रचना वाचन गरेका थिए ।


कार्यक्रममा महासंघ नेपाल शाखाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले आफुले नेपाल शाखाको अध्यक्ष तथा केन्द्रीय संगठन सचिवको जिम्मेवारी पाएपछि नेपालका सातवटै प्रदेशमा र धेरैभन्दा धेरै जिल्लामा विनेसामको संगठन विस्तार गरी विनेसाम गतिवधिलाई अगाडि बढाउने उद्देश्य र योजना अनुरुप अगाडी बढेको, हाल नेपालका ७ वटै प्रदेशमा प्रदेश शाखाहरु गठन भई कृयाशील रहेको र ९ वटा जिल्लामा जिल्ला शाखाहरु गठन भई कृयाशील रहेको जानकारी दिंदै अन्य जिल्लाहरुमा पनि शाखा विस्तारको लागि प्रदेश शाखाहरु विशेष सक्रिय हुनुपर्ने बताउनु भयो । अध्यक्ष  “जिज्ञासु”ले नेपाल शाखा र केन्द्रको तर्फबाट विशेष सहयोग गर्ने प्रतिवद्धता सहितको मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको थियो ।

 

advertisement_1680627706.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif