शुक्रबार, २६ पुष, २०८१

advertisement_1730215456.gif

जनसहभागिताबाट बनेको खजुराको क्यान्सर अस्पतालले ४० जिल्लाका ३० हजारलाई सेवा दियो।

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १४ श्रावण, २०८०

जनसहभागिताबाट बनेको खजुराको क्यान्सर अस्पतालले ४० जिल्लाका ३० हजारलाई सेवा दियो।

नेपालगन्ज। बाँकको खजुरा स्थित सुशील कोइराला क्यान्सर अस्पतालले गएको आर्थिक वर्षमा करीब ३० हजार क्यान्सरका विरामीहरुले क्यान्सरका विभिन्न किसिमबा सेवा पाएका छन् । विगतमा जनरल स्वास्थ्य सेवा पनि उपलब्ध गराउँदै आएको उक्त अस्पतालले गत वर्षदेखि विरामीको चाँप बढ्न थालेपछि क्यान्सरकै रोगको उपचारमा मात्र केन्द्रत भएको हो ।

हाल अस्पतालमा लुम्बिनी, सुदूर पश्चिम र कर्णाली प्रदेशका ४० जिल्ला लगायत सीमावर्ति भारतका विरामीहरुलाई सेवा दिंदै आएको छ भने एक सय शैयाको संरचनागत स्वीकृति भए तापनि अस्पतालमा हाल ५५ शैया मात्र रहेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निरज भट्टराईले उक्त जानकारी दिनु भएको हो ।

अस्पतालका प्रेरक व्यक्तित्व भारतका प्रसिद्ध सन्त महात्मा महामण्डलेश्वर स्वामी प्रखरजी महाराजले कुनै पनि देशको पूर्वाधार विकासका लागि शिक्षा, स्वास्थ्य र रोजगार विकल्प नभएको बताउनु भएको छ । पश्चिम नेपालकै पहिलो सुविधा सम्पन्न सुशील कोइराला क्यान्सर अस्पतालका प्रेरणा प्रदान गर्ने भारतका प्रसिद्ध सन्तश्री महामण्डलेश्वर स्वामी प्रखरजी महाराजले सोमवार अस्पतालको संस्थापक संस्था प्रखर परोपकार मिसन नेपालका पदाधिकारीहरु तथा अस्पतालका प्रमुख एवम् प्राविधिक कर्मचारीहरुसंगको भेटघाटको क्रममा उक्त धारणा राख्नु भएको हो । 

उहाँले कुनै पनि पूर्वाधार विकास नभएको देश फिनल्याण्ड यही तीन आधार शिक्षा, स्वास्थ्य र रोजगारको लागि अहिले विश्वकै अग्रणी मुलुकको रुपमा परिचित भएको उदाहरण प्रस्तुत गर्नुभयो ।६ वटा विषयमा आचार्य गर्नु भएका प्रखरजीले जुन मुलुकमा यी तीन क्षेत्रमा पूर्वाधार छैन, त्यस्तो मुलुकमा अन्य विकास व्यर्थ भएको उहाँले दावी गर्नु भयो । 

अस्पतालका संकल्पकर्ता सन्तश्री दीन दयालजी महाराजले आध्यात्मिक चिन्तनबाट  देशको विकास भएको थुप्रै उदाहरण भएको चर्चा गर्दै आध्यात्मिक चिन्तनबाट भौतिक विकासको अवधारणाका साथ महायज्ञ मार्फत् संकलन भएको सर्वसाधारण जनताको रगत पसिनाको सहयोगबाट प्रखर परोपकार मिसन नेपालको अगुवाईमा यति ठुलो सुविधा सम्पन्न क्यान्सर अस्पताल बन्न सकेकोमा खुशी व्यक्त गर्नु भयो । 

प्रखर परोपकार मिसन नेपालका अध्यक्ष किस्मत कुमार कक्षपतिले संस्थाको स्थापना भएदेखि विगत १५ वर्षदेखि आफ्नो नेतृत्वमा रहेका सबै साथीहरु अहोरात्र खटिएको कारण पश्चिम नेपालकै पहिलो सुविधा सम्पन्न नमूनाको क्यान्सर अस्पताल निर्माण र सुचारु गर्न सम्भव भएको बताउनु भयो । यो अस्पतालमा यस क्षेत्रका सबै वर्ग र समुदायको ठुलो लगानी भएको हुँदा यसको संरक्षण, सम्वद्र्धन र गुणस्तरीय स्वास्थ्य सेवा दिलाउनु पनि हाम्रो दायित्व भएको बताउनु भयो । 

सो अवसरमा संस्थापक सचिव शरण कर्माचार्य र संस्थापक सल्लाहकार पूर्णलाल चुकेले पनि अस्पतालको पृष्टभूमिका बारेमा प्रकाश पार्नु भएको थियो । अध्यक्ष कक्षपतिले २०७२ सालमा गठन आदेश अनुसार नेपाल सरकारलाई स्वामित्व हस्तान्तरण गरेपछि सङ्घीय सरकारको मातहतमा सञ्चालन हुँदै आएको जानकारी दिनु भयो 

यसैगरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. निरज भट्टराईले  संस्थापक संस्था प्रखर परोपकार मिसन नेपाल र स्थानीय जमुदायको सहयोगको आवश्यकता भएको तर्फ संकेत गर्दै अस्पतालको वृहत्तर हितका लागि तपाईंहरु काम गर्नु होस्, हामी छौं भन्ने ढाडस आवश्यक रहेको बताउँदै काठमाडौंमा सम्भव नभएको यस अस्पतालमा सम्भव भएको दावी गर्नु भयो । 

जनरल रोगका लागि सेवा दिंदै आएको अस्पतालले पछिल्लो समय क्रमिक रुपमा  क्यान्सर रोगको उपचारका लागि विभिन्न प्रकारका विशेषज्ञ सेवा र परीक्षण सञ्चालन गर्दै गएपछि अहिले पश्चिम नेपालका अधिकाँश क्यान्सर रोगका विरामीलाई उपचारका लागि चितवन, काठमाडौं र भारत जाने वाध्यता समाप्त भएको छ ।

अस्पतालका प्रमुख डा. भट्टराईले सो अवसरमा आ.व. ०७९÷८० मा अस्पतालले २९ हजार २५५ जना क्यान्सरका शंकास्पद र क्यान्सरका विरामीहरुलाई सेवा उपलब्ध गराएको र ७५० जनाको शल्यक्रिया भएको पनि बताउनु भयो । उहाँका अनुसार यो संख्या सरकारले जनरल विरामीहरुका लागि स्वास्थ्य वीमा हटाइसके पछिको हो । 

यसअघिको तथ्याङ्क प्रस्तुत गर्दै अस्पताल प्रमुख डा. भट्टराईले जनरल विरामीहरुका लागि स्वास्थ्य वीमा उपलब्ध गराइएको बेला आ.व. ०७६÷७७ मा ४ हजार ६९२ जना, आ.व. ०७७÷७८  मा ११ हजार ४४० जना र  आ.व. ०७८÷७९ मा २९ हजार ९१६ जना क्यान्सरका विरामीहरुले अस्पतालबाट सेवा पाएको जानकारी दिनु भयो । 

अस्पतालको लागि मुख्य आवश्यकताका बारेमा चर्चा गर्दै डा. भट्टराईले पर्याप्त जनशक्तिको अभाव रहेकोले समाजका सबै सरोकारवालाहरुले सम्बन्धित निकाय वा मन्त्रालयमा पहल गरी दक्ष जनशक्तिको व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिंदै डा. भट्टराईले आफुले मेडिकल सुपरिन्टेण्डेन्टको रुपमा बहाल भएपछि पछिल्ला ८ महिनामा भएको कामहरु प््रस्तुत गर्नु भयो । यस अवधिमा पश्चिम नेपालकै सम्भवत पहिलो पोजेटिभ प्रेसर आईसियू युनिट निर्माण तथा संचालन भएको, अर्थ मन्त्रालयको समन्वयमा १ थान जिप प्राप्त भएको, भारतीय राजदुतावासलाई १ थान एम्बुलेन्स र १ थान बसको लागि आग्रह गरिएकोमा दुतावास मार्फत् गत हस्तान्तरण भइसकेको बताउनु भयो । 

त्यसैगरि अस्पताल, गाउँपालिका तथा रेडक्रस बाँकेको समन्वयमा यसै महिनाको अन्त्यसम्म ब्लड बैंक स्थापना गरी संचालनमा ल्याउने गरी कार्य अगाडी बढेको बताउँदै सुरक्षाको दृष्टीले सम्वेदनशिल क्षेत्र भएकोले अस्पताल परिसरमा गाउँपालिकासंगको समन्वयमा हाइ मास्ट लाइट जडान भइसकेको, नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकालाई अस्पतालको गेटसम्म सार्वजनिक यातायातको व्यवस्था गरिदिन पहल गरेको बताउनु भयो । उहाँले नेपाल सरकारबाट प्राप्त भएको बजेटबाट खरीद प्रकृया शुरु भएको लामो समय पछि धेरै प्राविधिक तथा प्रकृयागत जटिलताको वीच स्वास्थ्य मन्त्रालयको सहयोगमा भन्सारमा रोकिएको ीक्ष्ल्ब्ऋ ःबअजष्लभ अस्पतालमा ल्याएर जडान भइरहेको र अस्पतालको लागि डेडिकेटेट विद्युत लाइनको लागि पहल गरेकोमा ट्रान्सफर्मरको लागि बजेट विनियोजन भइसकेको जानकारी दिनु भयो ।

डा. भट्टराईले क्यान्सर सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रमहरु  निरन्तर भइरहेको, करीब २० वर्ष अघिदेखि वि.पि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर तथा पाटन अस्पतालल ललितपुरलाइ फोक्सो, कलेजो, मृगौला, ब्लड क्यान्सर लगायतका क्यान्सरका औषधीहरु (त्बचनभतभम त्जभचबउथ) निःशुल्क उपलब्ध गराउँदै आएकोले यसको आपूर्तिकर्ता  लाई सो सुविधा यस क्यान्सर अस्पताल खजुरामा पनि सुरुवात गर्ने हाम्रो पहलका कारण निःशुल्क औषधी प्रदान गर्नको लागि प्रकृया अगाडी बढिसकेको जानकारी उहाँले दिनु भयो ।

यस्तै बाल क्यान्सरका लागि ध्ज्इ को क्जबचभम ऋबचभ अभलतभच को रुपमा तोकिएको यस अस्पतालमा बाल क्यान्सर रोगको उपचार अगाडी बढाउने गरी प्रकृया अगाडी बढेको, लुम्बिनी प्रदेश सरकारसँग ल्याब तथा फार्मेसी भवन र दुईवटा इलेक्टिक सटल बसको व्यवस्था गर्नका लागि पहल भएको, रक्त क्यान्सरको विरामीको उपचारको लागि बेग्लै हेमाटोअंकोलोजी वार्ड सञ्चालन भई सेवा शुरु भएको बताउँदै स्वास्थ्य सेवा विभागसँगको समन्वयमा सम्भवत पश्चिम नेपालकै पहिलो अफेरेसिस मेशिन ल्याई सेवा शुरु भई चौविसै घण्टा ल्याब तथा एक्सरे संचालनमा रहेको जानकारी डा. भट्टराईले कार्यक्रममा दिनुभयो ।

जनसहभागिताबाट बनेको खजुराको क्यान्सर अस्पतालले ४० जिल्लाका ३० हजारलाई सेवा दियो।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif
advertisement_1697302073.jpg
advertisement_1697378651.jpg
advertisement_1697382926.jpg