आईतवार, १० कार्तिक, २०८२

सीमान्तकृत समुदायको सबलीकरण अभियान कार्यक्रम सम्पन्न

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, १८ पुष, २०८१

सीमान्तकृत समुदायको सबलीकरण अभियान कार्यक्रम सम्पन्न

नेपालगञ्ज (बाँके) पवन जायवाल ।बर्दियाको मधुवन नगरपालिकाको वार्ड नं.–२ मा युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’को गतिविधिका रुपमा गोल घर सम्वाद कार्यक्रम गरिएको छ ।बर्दियाको ग्रामीण क्षेत्रमा खासगरी अम्बरपुर जस्ता ठाउँहरूमा वन्यजन्तु र मानिस बीचको द्वन्द्वले समुदायलाई गम्भीर समस्यामा पारिरहेकोछ ।

हात्ती,बाघ,चितुवा,र बाँदर जस्ता वन्यजन्तुहरूले खेतबारी नष्ट गर्नुका साथै घरपालुवा जनावर र मानिसलाई समेत आक्रमण गर्ने बारम्बार घटना हुँदै आएको छ । यस्ता घटनाले समुदायलाई आर्थिक, सामाजिक र मानसिक रूपमा असर पु¥याइरहेको छ ।स्थानीय बासिन्दा पशुपति थारु भन्छिन,“वन्यजन्तुबाट हुने क्षतिबाट पीडित परिवार पहिले नै दःुखमा हुन्छन् । यस्तो बेला राहतका लागि कार्यालय धाउनु पर्दा परिवार झनै मर्कामा परेको छ । सरकारले पीडितको घरसम्मै राहत पु¥याउने व्यवस्था गर्नुपर्छ ।”

राहत प्रक्रिया लामो,जटिल, र खर्चिलो भएकोले पीडितहरू समस्यामा पर्ने गरेको समुदायका अगुवाहरूले बताएका छन् । अम्बरपुरका बडघर बालकृष्ण दहितका अनुसार, “राहत प्रक्रिया पूरा गर्ने क्रममा पीडितहरूले यति धेरै खर्च गर्नुपर्छ कि पाउनुपर्ने रकम पर्याप्त हुँदैन । यसैले धेरैजसो मानिसहरू निवेदन पेश गर्न जानै मान्दैनन् ।” उनले राहत प्रक्रियालाई सरल र सुलभ बनाउनु आवश्यक रहेको बताएका छन् ।समस्या समाधानका लागि जानकारीको अभाव पनि एउटा ठूला चुनौती रहेको छ । संगीता चौधरी, वन्यजन्तु प्रभावित स्थानीय महिला, भन्छिन्, “यहाँ हात्ती, बाघ, चितुवा, बाँदरले समुदायलाई आक्रान्त पारेका छन् । तर वन्यजन्तुबाट हुने क्षतिको राहत कसरी प्राप्त गर्ने भन्ने धेरैजसो मानिसहरूलाई थाहा नै छैन ।”जानकारीको अभावले प्रभावित समुदायले राहत पाउन थप कठिनाइ झेल्नुपरेको उनको भनाई रहेको छ ।
विषय विज्ञ र सामाजिक अगुवाहरूका अनुसार, समस्या समाधानका लागि समुदायमा बीमा प्रणालीको विस्तार गर्न र राहत प्रक्रियाबारे सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता छ । कार्यक्रमका सहजकर्ता मदन ज्ञवालीले भने, “वन्यजन्तुबाट हुने क्षतिको राहत प्रक्रियाबारे सबै प्रभावित समुदायलाई जानकारी दिन आवश्यक छ । साथै, दुर्घटना बीमासँगै घर, पशुधन, र अन्नबालीको बीमा गराउन पनि पहल गर्नुपर्छ ।”

गोल घर सम्वाद कार्यक्रमले मानव–वन्यजन्तु द्वन्द्वको समस्या समाधानका लागि महत्वपूर्ण विचार र सुझावहरू प्रस्तुत ग¥यो । सहभागीहरूको तर्फबाट उठाइएको गुनासा र सुझावलाई दस्तावेजीकृत गरी सम्बन्धित निकायहरू सम्म पुर्याइने सीसीएनले जनाएको छ । यस प्रकारका सम्वादले समुदाय र सरोकारवालाबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।कार्यक्रममा ३७ जनाको सहभागीता रहेको थियो । यो अभियान बर्दियाको मधुवन नगरपालिकाको वडा नं.–२ र बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नं.–२ मा सञ्चालित रहेको छ ।

advertisement_1676551646.gif