राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० जेष्ठ, २०८२
१९ जेठ २०८२, काठमाडौँ । राइड सेयरिङ एपमार्फत् यात्रुहरूसँग बढी भाडा लिने र अफलाइन बार्गेनिङ गर्ने राइडरहरूलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । कार्यालयका अनुसार २७८ जनालाई पक्राउ गरी कारबाही गरिएको हो ।
सोमध्ये यात्रुहरूलाई हैरानी गर्ने ६० जनालाई विभिन्न प्रहरी कार्यालयमा बुझाइएको छ । २१८ चालकलाई भने यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरेर छाडिएको ट्राफिक प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गरेको मौकामा ती चालकले सडकमा यात्रु पर्खेर सवारी आवागमनमा अवरोध पुर्याएको ट्राफिक प्रहरीले जनाएको छ ।
साथै उनीहरूले यात्रुसँग अत्यधिक भाडा लिने, अफलाइन बार्गेनिङ गर्ने र अनावश्यक दुःख दिने गरेको पाइएको थियो ।