राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८२ पुष १६ काठमाडौँ । भारतको भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) ले नेपाललाई ६५४ मेगावाट विद्युत् आयातका लागि दिइएको अनुमति नवीकरण गरेको छ ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत् चौबिसै घण्टा (आरटिसी) आयात गर्न अनुमति नवीकरण गरेको हो ।
यस अगाडी भारतले दिइएको अनुमतिको म्याद बुधवार सकिँदै थियो । नेपाल विद्युत् प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो ।
७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत् आयात हुने छ । १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्मको नवीकरण पछि आवस्यक परेपछि गरिने बताइएको छ ।