शुक्रबार, ३ जेष्ठ, २०८२

पेट्रोलियम पदार्थको मूल्य घट्यो

राष्ट्रिय सन्‍देश संबाददाता, १० घण्टा पहिले

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ २०८२, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४।५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९।५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रुपैयाँ भएको छ ।

advertisement_1744958411.jpg
advertisement_1693066608.gif
advertisement_1697293415.gif