शनिबार, २ कार्तिक, २०८२

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

राष्ट्रिय सन्‍देश संबाददाता, २३ घण्टा पहिले

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस

२०८२ असोज ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिवेदन पेस गरेका हुन् ।

यसैबीच आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदनसमेत राष्ट्रपतिसमक्ष पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

advertisement_1676553851.gif