आईतवार, २८ असार, २०८३

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका राउतको मृत्यु

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका राउतको मृत्यु

२०८३ असार २७, काठमाडौँ ।काठमाडौंको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका ४५ वर्षीय व्यवसायी आश्विन राउतको मृत्यु भएको बताइएको  छ।शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा आत्मदाहको प्रयास गरेलगत्तै प्रहरीले उनको उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो।प्राप्त जानकारी अनुसार  अस्पतालमा उपचाररत राउतको आज अपरान्हमा मृत्यु भएको हो ।

पछिल्लो समय देशमा आत्मदाहका घटनाहरू निकै डरलाग्दो रूपमा बढिरहेका छन्, जहाँ तीन दिनभित्रै तीन जनाले आफ्नो शरीरमा आगो लगाएका छन् ।यसअघि गत बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँगको विवादपछि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए, जसको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।

त्यस्तै, शुक्रबार नै सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । गम्भीर घाइते मण्डललाई हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ र उनको अवस्था चिन्ताजनक रहेको बताइएको  छ ।

advertisement_1680627680.gif