बिहीबार, ११ भाद्र, २०८३

तिब्बततर्फबाट आएको थियो भोटेकोशीमा विनाशकारी बाढी : प्रारम्भिक अध्ययन प्रतिवेदन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

तिब्बततर्फबाट आएको थियो भोटेकोशीमा विनाशकारी बाढी : प्रारम्भिक अध्ययन प्रतिवेदन

२०८३ भदौ ११ काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तिब्बततर्फबाट ठूलो बाढीका रूपमा प्रवेश गरेको प्रारम्भिक प्राविधिक अध्ययनले देखाएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले तयार पारेको प्रतिवेदनअनुसार बिहान ९:०५ बजे तिब्बतबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीका तल्लो तटीय क्षेत्रसम्म फैलिएको थियो ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले सुरुवाती अवस्थादेखि नै नदी तटीय क्षेत्रका बस्तीहरूमा पूर्वसूचना र सतर्कता सन्देश प्रवाह गरेको जनाएको छ।प्रतिवेदनअनुसार बाढी आउनुअघि बिहान ८:३७ बजे ४.४ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो ।

त्यसको केही समयपछि बिहान ८:५० बजेदेखि भोटेकोशीको स्याफ्रुबेँसीस्थित जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भएको थियो । ६ मिटर चेतावनी तह र ९ मिटर खतरा तह तोकिएको उक्त केन्द्रमा प्राप्त अन्तिम तथ्यांकअनुसार बिहान ८:४० बजे नदीको जलसतह १.६२ मिटर मात्रै रहेको थियो ।

advertisement_1676998982.gif