बिहीबार, १३ चैत्र, २०८१

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत खोजी गरिंदै

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, ३० असार, २०८१

त्रिशूलीमा बेपत्ता बस र यात्रुहरुको वाटर ड्रोनमार्फत खोजी गरिंदै

काठमाडौं, असार २९ । त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजीका लागि पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ ।

त्रिशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

गएराति शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी खसेको बस सहित यात्रुहरू बोकेको वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालबाट त्रिशूली नदिमा खसेको थियो ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजीकार्यमा शुक्रबार बिहान देखि जारी राखेको छ ।

advertisement_1676551537.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif