राष्ट्रिय सन्देश संबाददाता, ११ घण्टा पहिले
२०८३ भदौ २० काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग चिनियाँ दूतावासको टोलीले भेट गरेको छ ।
चिनियाँ राजदूत झाङ माओमिङसहितको टोलीले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर उनीसँग भेटघाट गरेको हो ।
दूतावासका अनुसार टोलीले उनको स्वास्थ्य अवस्था र उपचारको बारेमा जानकारी लिएको छ ।
शनिबार माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट चिनियाँ नागरिकको उद्धार गरिएको थियो। उनी भदौ १० गते भोटेकोसीमा आएको बाढीका कारण सुरुङभित्रै थुनिएका थिए ।