शनिबार, ३० फाल्गुन, २०८२

आज राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

राष्ट्रिय सन्‍देश संबाददाता, बुधबार, १६ पुष, २०८२

आज राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै

२०८२ पुष १६, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बीच आज एकता हुँदैछ। अध्यक्ष राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भई पार्टी छाडेका कमल थापा चार वर्षपछि पुनः राप्रपामै फर्कन लागेका हुन् । आज दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा एकता घोषणा कार्यक्रम तय गरिएको छ ।

राजनीतिक असन्तुष्टि र नेतृत्व विवादका कारण छुट्टिएको राष्ट्रवादी धार पुनः एक ठाउँमा फर्किन लागेको यो घटनालाई महत्वपूर्ण मोडका रूपमा हेरिएको छ ।

लिङ्देन र थापाबीच केही दिनअघि दुई बुँदे सहमति भएपछि एकीकरणको प्रक्रिया अघि बढेको हो। सो सहमतिलाई राप्रपा नेपालको बैठकले मंगलबार अनुमोदन गरेको थियो ।

एकीकरणसँगै राप्रपा नेपालका नेताहरूलाई सम्मानजनक हैसियत दिने प्रतिबद्धता लिङ्देनले जनाएका छन् । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार, पार्टीको महाधिवेशन ६ महिना पर सारिएको छ र निर्वाचनको वातावरणलाई ध्यानमा राख्दै तत्काल पदको प्रतिस्पर्धाभन्दा संगठन मजबुत बनाउने रणनीति लिइएको छ ।

advertisement_1676551537.gif