शुक्रबार, २९ फाल्गुन, २०८२

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २५ पुष, २०८२

आशिका तामाङले प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने

२०८२ पुष २५, काठमाडौँ । सामाजिक अभियन्ता आशिका तामाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै तामाङले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

आफूले पछिल्लो केही हप्तादेखि सक्रिय राजनीतिमा प्रवेश गर्नेबारे गम्भीर छलफल र आत्ममन्थन गरेको उल्लेख गर्दै तामाङले दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्ने निर्णयमा पुगेको बताएकी छन् ।

उनले भनेकी छन्, ‘म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसद् निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषण गर्दछु ।’

advertisement_1676551646.gif