राष्ट्रिय सन्देश संबाददाता, शुक्रबार, ३ माघ, २०८२
२०८२ माघ २, काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै सबै खाले लडाइ लड्ने चेतावनी दिएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले पत्रकारहरूसँग प्रतिक्रिया दिँदै निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिमा अद्यावधिक गर्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै उक्त चेतावनी दिएका हु्न् ।
उनले आयोगले संस्थापन पक्षलाई एक पटक पनि आधिकारिक र कानुनी रूपमा नबोलाई एकपक्षीय निर्णय गरेको आरोप लगाए।
‘जे आशंका थियो त्यही भयो। यो नेपालको स्थापित नजिरको विरुद्धमा छ । ‘आयोगले आजसम्मको निर्णय गर्ने प्रक्रियाको खिलाफमा गएर कांग्रेसको विधान विपरीत निर्णय गरेको छ,’ खड्काले भने, ‘हामी यो निर्णय खारेज गर्छौं।’ खड्काले अब राजनीतिक, वैधानिक र कानुनी सबैखाले लड्छौं,’ उनले भने ।