बिहीबार, २८ फाल्गुन, २०८२

अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, २४ फाल्गुन, २०८२

अछाम-२ मा एमालेका यज्ञ बोगटी विजयी

२०८२ फागुन २४, काठमाडौँ । अछाम-२ बाट नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार पुष्प शाहलाई ४७२ मतान्तरले पराजित गर्दै बोगटी विजयी भएका हुन् ।

आइतबार राति सार्वजनिक अन्तिम मत परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गरेका छन् भने काँग्रेसका शाहले ९ हजार ०४६ मत पाएका छन् ।

यसैगरी रास्वपाका भूपदेव शाहले ४ हजार ५५२ मत प्राप्त गरेका छन् भने नेकपाका बलबहादुर कुँवरले ६ हजार ४९३ मत पाएका छन् । अन्य उम्मेदवारमध्ये गुलाब चिह्नले ५५८, हलोले १६७, मादलले ६०, चिमले ५२ र आँखा चिह्नले ११३ मत प्राप्त गरेका छन् ।

अछाम-२ मा जम्मा ३२ हजार ४०८ मत खसेको थियो ।

advertisement_1676553851.gif